arrow

६ सयमा पनि चिनियाँकै ‘छक्का पञ्जा’

सस्तोको नाममा निम्न गुणस्तरका सामानको डम्पिङ साईट बन्दै नेपाल

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ पुष १२ शनिबार
china-trade.jpg

काठमाडौं। नेपाली चलचित्र जगतमा पछिल्लो समय चर्चामा आएको शब्द हो ‘छक्का पञ्जा’। दीपकराज गिरी र दीपाश्री निरौलाले बनाएको हास्यव्यंग्य नेपाली चलचित्र हो, ‘छक्का पञ्जा’। जुन फिल्ममा पछिल्लो सामाजिक परिवेश समेटिएको छ। अर्थात्, आफ्नो निजी स्वार्थका लागि जे पनि गर्नेहरुको चरित्र चित्रण गरिएको छ, ‘छक्का पञ्जा’मा।

त्यो एउटा सन्देशमूलक नेपाली चलचित्र हो। र, कलाकारले सो चलचित्रमा ‘जाल झेल’, ‘छलकपट’को परिपेशलाई रिलमा देखाएका हुन्। तर, अहिले विभिन्न बहानामा नेपाल छिरेका चिनियाँले भने वास्तविकतामै अर्थात् ‘रियल’मा अनकौँ ‘छक्का पञ्जा’गर्न थालेका छन्। त्यो पनि अखडा नै जमाएर।

केही समय पहिले एटीएमबाट पैँसा झिकेको काण्ड सामुन्ने आयो। उत्तरी नाकाबाट हुने सुन तस्करीमा त हरेक पल्ट कोही न कोही चिनियाँ जोडिएकै हुन्छ। गएको सोमबार चिनियाँ प्रहरीको विशेष टोलीको सहकार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोसहितको टोलीले एकसाथ एक सय २२ जना चिनियाँलाई नियन्त्रणमा लिएपछि अखडा नै जमाएर बसेको थप रहस्य खुल्यो।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ। उनीहरु राजधानीका विभिन्न ठाउँमा सिंगै घर भाडामा लिएर बसिरहेका थिए। चिनियाँ प्रहरीले चीनमा अपराध गरेर भागेका करिब ८ सय जनाको नाम नेपाल प्रहरीलाई दिएको बताइँदै छ भने २ हजार चिनियाँले नेपालमै बसेर चीनमा आर्थिक अपराधका घटना घटाईरहेको सुराक प्रहरीले पाएको छ।

अहिल्यै पनि केन्द्रीय काराकारमा विदेशी कैन्दी बन्दी मध्ये सबै भन्दा बढी चिनियाँ नै छन्। यो त, आपराधिक पृष्ठभूमिका चिनियाँको कुरा भयो। सामान्य हिसाबले जीवनयापन गर्ने तथा व्यापार गर्नका लागि भित्रिएकाहरु समेत ‘छक्का पञ्जा’ गर्नलाई माहिर देखिएका छन्।

हरेक सामान ‘६ सय’मा दिने पसल पछिल्ला दिनमा विवादमा पर्न थालेका छन्। सामान सस्तो पाइए पनि असाध्यै छक्का पञ्जा गर्ने कारण यस्ता पसल विवादमा पर्न थालेका हुन्। अर्थात्, जस्तो नि सामान भिडाउने। ६ सयबाट पर्दा लिने एक उपभोक्ताले गुनासो गरिन्, ‘एक पल्ट धुनासाथ खत्तम् भो। सस्तो सामानको नाममा नेपालमा निम्न गुणस्तरको सामान भिडाएर डम्पिङ साईट नै बनाउने भए। हामी पनि सस्तोको नाममा मुर्ख बन्न हतारिने उस्तै।’

त्यहाँ राखिएका सेल्सम्यानहरु पनि उस्तै ? सामान हेर्न आएका मान्छेहरुको खिसिटिउरी गर्ने। झर्किने, फर्किने। सामान किन्न आएका कसैलाई त झोंक उठ्दो रहेछ, ‘चाईनिज सामान बेच्चेको यत्रो फुर्ती ?’

कसरी थापिन्छन् पसल ?
सुरुमा पसल थाप्न चिनियाँहरु नै आउँछन्। पछि नेपालकै सेल्सम्यानहरु राखेपछि उनीहरु आउँदैनन्। तर, बताइए अनुसार उनीहरु नेपालमै हुन्छन् र कुनै दोस्रो ठाउँमा बसेर पसलको निगरानी गर्छन। यस्ता एउटै समूहको ९–१० वटा ठाउँमा शाखा अर्थात् ब्राञ्च हुने गरेको पाइएको छ। यस्ता पसल सञ्चालन गर्ने समूह नै धेरै छन्। पसल त कति हो कति ? अनि पसलको बाहिर सबै सामान ६ सय–७ सयमा पाइने लेखिएको हुन्छ। तर, भित्र १२ सय सम्मका सामान राखिएको हुन्छ। झुक्किएर गएका मान्छेहरु कहिले काँही १२ सयको घानमा पर्छन्। भित्र गएर सोध्दा ६ सय त हाफ्को मात्रै पो हो त, भन्ने जवाफ समेत पाइन्छ। 

काम गर्नेहरु पनि चाईनिज जस्तै एकोहोरा 
यी पसलभित्र काम गर्नेहरु तालिम प्राप्त हुने गरेको पाइएको छ। ढुङ्गो बोल्ला तर पसलमा काम गर्ने मान्छे बोल्दैन। तर, केहीले चाँहि ‘हाम्रो बाध्यता छ, नरिसाउनु है पनि भन्छन्’। उनीहरुलाई भनिएको हुँदो रहेछ, सामान बाहेक अर्थोकबारे कुरा नगर्नू। काम गर्ने मध्येकी एक युवतीले भनिन्, ‘हामीलाई अफ्ठ्यारो पर्छ। केही थाहा हुँदैन। फोटो नखिच्नु।’हामीलाई यहाँको बारेमा कुनै जानकारी नदिनु भनिएको छ।

चीनको राजनीतिक वातावरणमा हुर्केका चिनियाँ व्यवसायीले यहाँ पनि कर्मचारीबाट 'यस बोस' कै अपेक्षा गर्छन। प्रश्न सोधेको मन पराउन्नन। काम गरेको पारिश्रमिक भने समयमै पाउने गरेको बताएपनि सामानको गुणस्तरमा भने चित्त बुझाउने ठाउँ नभएको स्वयं कर्मचारीहरु बताउँछन्।

एक कर्मचारीले नाम नभन्ने शर्तमा थपे, 'हामीलाई त सेवा सुविधा ठीकै छ तर सस्तोको नाममा नेपाली उपभोक्ता ठगिदा चाहि मन कुडिन्छ। गुणस्तरको सामान ल्याएर बेच्ने कुरामा अलि ध्यान दिए चाहि हुन्थ्यो जस्तो लाग्छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ