arrow

भारतीय कार्टुनिष्ट बेनर्जीको कार्टुनमा नेपाल भ्रमण बर्ष

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
visit-nepal-cartoon-indian-.gif

काठमाडौं। अंग्रेजी नयाँ बर्षको शुरुवातसँगै नेपाल भ्रमण बर्ष २०२० को समेत शुरु भएको छ। सरकारले औपचारिक कार्यक्रम समेत गरेर भ्रमण बर्षको शुभारम्भ भएको जनाउ दिदैछ। 

सरकार तथा नीजि क्षेत्र सबै यसलाई सफल बनाउन आआफ्नो ठाउँबाट लागिपरेका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पनि यसको चर्चा चलिरहेकै छ। नेपालस्थित विभिन्न देशका राजदुतहरुले पनि भ्रमण बर्षलाई लक्षित गरि सामाजिक सञ्जालमा नेपालको विभिन्न दर्शनीय तथा रमणीय ठाउँको तस्विरहरु सामाजिक सञ्जालमा राख्दै नेपाल भ्रमण बर्षको सफलताको कामना गरिरहेछन्। 

सरकार २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ यो अभियान सफल बनाउन लागिपरेको छ। सरकारको यस पहललाई सञ्चार क्षेत्र र सर्जकहरुले पनि उत्तिकै सहयोग गरिरहेका छन्। नेपाल भ्रमणमा सबैभन्दा बढी पर्यटक आउने भारतको पर्यटन क्षेत्रमा पनि भ्रमण बर्षको चर्चा उत्तीकै छ। सर्जकहरु पनि यसलाई सहयोग गर्न लागिपरेको देखिन्छ। 

चर्चित तथा लोकप्रिय गायिका आसा भोस्ले यहि बेला नेपाल भ्रमणमै थिइन। नयाँ बर्षकै अवसर पारेर वलिउडकी नायिका मल्लिका सेरावत पनि लुम्विनी तथा आसपासमा रमाइरहेको तस्विर तथा भिडियो सार्वजनिक भयो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमणसँगै भएको नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्रको ब्राण्डिङले समेत भारतमा नेपालको पर्यटकीय क्षेत्रको राम्रो प्रचार भएको पाइन्छ। 

भारतका चर्चित कार्टुनिष्ट जयन्तो वेनर्जीले पनि भ्रमण बर्षलाई लक्षित गरि एक कार्टुन सार्वजनिक गरेका छन्। भारतबाट प्रकाशित हुने नेपाली भाषाको अनलाइन नेपइनबीज डटकममा उनको कार्टुनमा सगरमाथाको देश नेपालमा भ्रमण बर्षको अवसरमा भारतीय सहित विदेशीहरुको लर्को लागेको देखाइएको छ। पर्यटकको बढोत्तरीसँगै अर्थतन्त्रमा पुग्ने योगदानको संकेत उनले हिमालबाट उदाउँदै गरेको सूर्यमा रुपैयाँ राखेर देखाएका छन्। उनको यो कार्टुन भारतमा रहेका उनका प्रशंसक र नेपाली समुदायमाझ चर्चामा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ