कपिलवस्तु । सरकारले ६ वर्ष अघि उखु कृषकहरुलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने भनेको अनुदान रकम जिल्लाका उखु किसानहरुले हालसम्म पनि नपाएपछि फेरी आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् ।
उखुको रकम पाउनका लागि सोमवार कपिलवस्तु किसान संघले इलाका प्रशासन कार्यालय चन्दौटामा ज्ञापन पत्र बुझाएको छ । जिल्लामा किसानले २ करोड ४८ लाख २३ हजार रुपैयो उखुको भुक्तानी नपाएको उनिहरुले बताएका छन् । जवाभारीस्थित महालक्ष्मी सुगर्स मिलले समयमा सरकारलाई रिपोर्ट नबुझाउँदा हालसम्म पनि कपिलवस्तुका उखु किसान आशै आशमा निराश बनेका हुन् । किसानहरुले पटक पटक आन्दोलन, चक्का जाम, धर्ना दिँदै आएको भए पनि रकम पाएका छैनन् ।
आर्थिक वर्ष ०७१÷०७२ मा कपिलवस्तुका पश्चिमी भेगका किसानले सोही मिललाई दिएको उखुमा प्रति क्वीन्टल रु २५ का दरले सरकारबाट पाउने अनुदानको रकम हालसम्म नपाएको किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले जानकारी दिए । किसानले रकम नपाए अन्दोलन गर्न काठमाण्डौ जाने तयारी गरेको चौधरीले बताए ।
अन्य जिल्लाका उखु किसानलेसरकारबाट उखुको प्रतिक्वीन्टल रु.२५ अनुदान पाइसकेपनि कपिलवस्तुका किसान भने हालसम्म पनि बन्चित रहेका छन् । कपिलवस्तु किसान संघले इलाका प्रशासन कार्यालय चन्दौटा मर्फत नोपल सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, कृषि मन्त्रालय, उद्योग मन्त्रालय र महालक्ष्मी सुर्गस मिललाई ज्ञापन पत्र बुझाएका हुन ।
साउनमा आन्दोलनमा अनशन बसेका किसानहरुलाई भाद्र १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जनप्रतिनिधिहरु लगायतले सरकारबाट रकम निकासा गराउने प्रतिबद्धतापछि स्थगन गरिएको थियो । किसान संघले पुष २५ गतेसम्म पाउनुपर्ने रकम निकासा नभए पुनः अन्दोलन गर्न काठमाण्डौ जाने संघका अध्यक्ष चौधरीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
महालक्ष्मी सुगर्स मिललाई प्रदेश नं २ मा स्थानातन्रण गरिएको छ । जिल्लामा मिल नहुंदा उखु लगाउन समेत किसानहरुले छाडीसेका छन् । सरकार तथा व्यापरी वाट किसानहरु ल्गातार ठगिएपछि किसान उक्त खेती गर्न छाडेका छन् ।