arrow

श्रेष्ठका तीन निर्विरोध उपाध्यक्ष शाक्य प्यानलमा, प्रचण्डलाई धक्का  

logo
प्रकाशित २०७६ पुष २७ आइतबार

भरतपुर । उद्योग वाणिज्य संघ चितवनको ५३ औं साधारणसभा तथा अधिवेशन सोमबार र मंगलबार हुँदैछ । त्यसअघि नै एक वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्ष निर्विरोध भएका छन् । 

चुनावअघि नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गृह जिल्ला चितवनमा ठूलो झड्का लागेको छ । प्रचण्डको योजनाअनुसार राजु श्रेष्ठको नेतृत्वको टीमलाई चितवन उद्योग वाणिज्य संघ जिम्मा लगाउन खोजिएको भए अन्तिम समयमा आएर उनलाई झड्का लागेको छ। शनिवार राजु श्रेष्ठ प्यानलका रहेका तीन उपाध्यक्षका उम्मेदवारहरु निर्विरोध भएसँगै ज्ञानेन्द्रमान शाक्यको पक्षमा खुलेपछि प्रचण्डको गृहकार्य पनि कमजोर देखिएको हो। 

राजुका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चुननारायण श्रेष्ठ, उपाध्यक्षका उम्मेदवार सुमन कुमार श्रेष्ठ र भोजराज कौडाल निर्विरोध भएपछि शाक्य प्यानलमा आएका हुन्।

श्रेष्ठ प्यानलका तीन वरिष्ठहरु शाक्य प्यानलमा आएपछि शाक्य प्यानलका वरिष्ठ उपाध्यक्षका उम्मेदवार विष्णुप्रसाद कँडेलले चुननारायणलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि चुननारायण निर्विरोध भएका हुन् । 

प्रचण्डको योजनालाई विफल बनाउँदै शाक्य प्यानलले झन् ठूलो चाल चलेपछि प्रचण्ड र उनकी पुत्री भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई ठूलो झड्का लागेको छ । 

चुनावका लागि अझै समय बाँकी हुँदा अब बाँकी उम्मेदवारलाई जिताउन फेरि प्रचण्डले कुन चाल चल्लान् त भन्ने चासो यद्यपि छ । 

प्रचण्ड र उनकी पुत्री रेणुले विभिन्न प्रभाव पार्न खोजे पनि उद्योगी व्यवसायीहरुले फरक रणनीति अख्तियार गरेपछि पुस २८ र २९ गते हुने चुनावमा शाक्य समूह विजयी हुने निश्चित जस्तै छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ