arrow

'म हुनुपर्छ राष्ट्रसङ्घको महासचिव ' भन्दै नौ जनाले दिए उम्मेदवारी

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
united-nationssss.jpg.jpeg
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको महासचिवका लागि आवेदन गरेका नौ जना उम्मेदवारले आफ्नो उम्मेदवारीको कारण खुलाएका छन्  । संयुक्त राष्ट्रसङ्घको महासचिवका लागि राष्ट्रसङ्घको करिब ७० वर्षको इतिहासमा पहिलो पटक यसरी अन्तरवार्ता लिइएको हो । 
 
यस पदका लागि राष्ट्रसङ्घले पहिलो पटक यसरी सार्वजनिक रुपमा नै अन्तरवार्ता लिएको हो । राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले सार्वजनिकरुपमा वेभकास्ट अन्तरवार्तामा ती उम्मेदवारलाई प्रश्न गरेका थिए । महासचिव पदका लागि गरिएको आवेदनमा यस पटक नौ जनालाई छनौट सूचीमा राखिएको छ । नौ जनामा पाँच पुरुष र चार महिला रहेका छन् । 
 
बिहीबार उनीहरुलाई राष्ट्रसङ्घका सदस्य राष्ट्रहरुले उनीहरुको उम्मेदवारीको पुष्टि गर्न प्रश्न गरेका थिए । उम्मेदवारहरुले पनि आफ्नो उम्मदेवारी किन हो भन्ने बारेमा आफ्नो स्पष्टिकरण दिएका छन् । त्यस अन्तरवार्ताका क्रममा उनीहरुले संयुक्त राष्ट्रसङ्घलाई कसरी विश्वको साझा संगठन, एक प्रभावकारी र पारदर्शी संस्थाका रुपमा विकास गर्न सकिन्छ भन्ने बारेमा उम्मेदवारहरुले आ आफ्ना धारणा प्रस्तुत गरेका थिए । 
 
यस अन्तरवार्तालाई कतिपयले उम्मेदवारको सार्वजनिक सुनुवाई भनेका छन् भने कतिले यसलाई उम्मेदवारले आफ्नो बारेमा प्रस्तुत गरेको स्पष्टिकरणको संज्ञा दिएका थिए । विश्वमा हाल आतङ्कवाद तथा जलवायु परिवर्तनजस्ता विषयको समस्या बिकराल बन्दै गएकोले यस्ता समस्याको समाधान गर्ने सशक्त संस्थाका रुपमा के कसरी संयुक्त राष्ट्रसङ्घलाई लिन सकिन्छ भन्ने बारेमा पनि उनीहरुले आआफ्ना एजेण्डा प्रस्तुत गरेका थिए । 
 
वर्तमान महासचिव बान कि मुनको कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिदै छ । सो अगावै मुनको उत्तराधिकारीको छनौटका लागि विवेक पुर्‍याउन प्रश्नकर्ताहरुले आग्रह पनि गरेका थिए । कैयौँ देशका कूटनीतिज्ञ तथा कतिपय बालबालिकाले पनि उनीहरुलाई प्रश्न सोधेका थिए । बालबालिकाले भिडियोमार्फत सोधेको प्रश्नमा विश्वमा विभिन्न कारणले कष्ट भोग्नुपरेका बालबालिकाको संरक्षण र सहयोगका लागि आग्रह गरेका बताइएको छ । 
 
विश्वको एक शक्तिशाली संगठनका कार्यकारीले आगामी विश्वलाई कसरी समन्वयात्मक र शान्तिपूर्णरुपमा अघि बढाउन सक्छ भन्ने विषयमा अधिकांश प्रश्न केन्द्रित थिए । यसअघि संयुक्त राष्ट्रसङ्घले चयन गर्ने महासचिवको छनौट प्रक्रिया पारदर्शी र बैज्ञानिक हुन नसकेको भन्दै विगतमा आलोचना हुने गरेकोले अहिले यसरी विश्वव्यापीरुपबाट नै आवेदन गरिएको हो । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ