arrow

योगेश इन्चार्ज र मन्त्री भएपछि पर्यटन क्षेत्रमा नेकपा जताततै पराजीत

logo
प्रकाशित २०७६ माघ ४ शनिबार
yogesh-bhattrai-minsiter-tourisum.jpg

काठमाडौं। एमाले र माओवादी अलग हुँदा पनि तत्कालिन एमाले निकटहरुले जितेका पर्यटन क्षेत्रका संस्थाहरुको नेतृत्व एकपछि अर्कोगरी नेपाली कांग्रेस निकट ब्यवसायीहरुको हातमा पुगेको छ।

शुक्रबार भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)को निर्वाचनमा नेपाली कांग्रेस निकट अच्यूत गुरागाई अध्यक्षमा निर्वाचित भए। नेकपा निकट भीमप्रसाद पन्तको समूह पराजीत भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पार्टीका पर्यटन विभाग इन्चार्ज भएपछि भएका प्रायः सबै संगठनका निर्वाचनमा नेकपा निकट ब्यवसायी पराजीत भएका छन् । यसअघि ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) टानको निर्वाचनमा पनि नेपाली कांग्रेस निकट खुमबहादुर सुवेदी बिजयी भएका छन् ।  

निकट भविष्यमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) र पर्वतारोहण संघ(एनएमए)को निर्वाचन हुँदैछ । यी संगठनमा पनि नेकपा निकटलाई नेपाली कांग्रेस निकट ब्यवसायीले जित्ने संभावना प्रबल देखिएको बताउन थालिएको छ। नेकपा निकट पर्यटन ब्यवसायीमा पूर्वमाओवादी र एमालेको गुट त छँदैछ, पूर्व एमालेमा पनि केपी ओली र माधव नेपालको गुटबीच तिक्तता छ। 

पर्यटन क्षेत्रमा ओली निकटहरुको बहुमत छ । ओली निकटहरुलाई माइनस गरी टानमा मन्त्री भट्टराईले कुमार थापालाई टिकट दिएका थिए । उनले ओली निकट चन्द्र रिजालहरुको समूहलाई पूरै माइनस गर्न खोज्दा टान गुमाउन पुगेका थिए। टानमा हार ब्यहोरेको नेकपाभित्र नाट्टाको निर्वाचनमा पनि त्यो प्रबृत्ति बल्झिन पुगेको छ । नाट्टाका निवर्तनमा अध्यक्ष सीएन पाण्डेहरुको समूहले पनि पन्त समूहलाई सहयोग नगरेको आरोप छ । 

यसरी मन्त्री भट्टराईसँग ब्यवसायीहरु रुष्ट हुनुको कारण भनेको संगठन फुटाउने कुमार थापा र राजेन्द्र सापकोटाहरुलाई साथ दिने, उनीहरुकै सिफारिसमा टानमा उम्मेदवार बनाउने काम गरेको नेकपानिकट एक पर्यटन ब्यवसायी बताउँछन् । उनले भने–मूलधारलाई बेवास्ता गर्ने र म जस्तो जान्नेसुन्ने कोही छैन भन्ने अहम् भाव मन्त्रीमा विद्यमान रहेको र नियृुक्तिमा पर्यटन ब्यवसायीभन्दा पनि बिचौलियाहरुलाई प्राथमिकता दिने जस्ता कारण व्यवसायीहरुलाई भट्टराइले समेट्न सकेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ