arrow

कोरोना भाइरसबाट ज्यान गुमाउने सबै चिनियाँ नागरिक

नेपाल र नेपालीको अवस्था

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
corona.jpg

काठमाडौँ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा ४२ जनाको ज्यान गइसकेको छ । १४ सयको संख्यामा संक्रमित रहेको बताइए पनि यो संख्या निकै बढी रहेको बताइएको छ ।  

ज्यान गुमाउने सबै चिनियाँ नागरिक नै हुन् । तर उनीहरु विभिन्न देशमा जाँदासमेत ज्यान गुमाइरहेका छन् । 

दीर्घरोगी र वृद्धवृद्धामा यो रोगको संक्रमण बढी देखिएको पाइएको छ । 

यो संक्रमण थप फैलिन सक्ने भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले चिन्ता व्यक्त गरेका छन् । लुनार नयाँ वर्षको अवसरमा आयोजित विशेष बैठकपछि बोल्दै उनले संक्रमण तीब्र रुपमा फैलिंदा गम्भीर अवस्थाको सामना गर्नु परेको बताए ।

चीनका १८ शहरमा प्रकोप निकै गम्भीररुपमा देखा परिरहेको छ । ती शहरमा यात्रा प्रतिबन्ध र अन्य धेरै किसीमका सतर्कता चिनियाँ सरकारले अपनाएको बताएको छ । 

आइतबारदेखि निजी सवारी साधन चलाउनसमेत रोक लगाइएको छ । चिनियाँ सरकारले देशभरीको उडान, रेल र बससेवामा भाइरस पत्ता लगाउन राष्ट्रव्यापी उपाय अपनाउन आदेश दिएको छ । 

यस किसिमको सतर्कताबाट करिब पाँच करोड ६० लाख  नागरिक प्रभावित भएका छन् । 

नेपाल र नेपालीको अवस्था

यो संक्रमणले नेपालमा पनि असर पारेको छ । चीनबाट आएका नेपालीमा यो संक्रमण देखिएको छ । चीनबाट आउने हरेकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरिएको छ । 

चिकित्सकहरुका अनुसार अहिलेसम्म नेपाल आएका तीन जनामा यो संक्रमण फेला फेला परेको छ । 

तर उनीहरुको अवस्था भने सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो बढी आएका र रुघाखोकी लागेकाहरुलाई परीक्षणका लागि पठाउने गरिएको छ । 

उनीहरुलाई उच्च निगरानीमा राख्ने गरिएको छ । संक्रमण भएको भए छुट्टै राखेर उपचार गरिएको छ । 

चिकित्सकहरुले यो रोगबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । उनीहरु सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् । 

बाहिरी सम्पर्कमा नरहन पनि उनीहरुले सुझाएका छन् । माक्सको प्रयोग गरेर बाहिर निस्कन उनीहरुले आग्रह गरेका छन् । 

स्वास्थ्य मन्त्रालयले अहिले नै चीनमा रहेका नेपालीहरुलाई ल्याउन सम्भव नभएको भन्दै जहाँ छन् त्यहीं सुरक्षित रहेर स्वास्थ्यको ख्याल गर्न आग्रह गरिरहेको छ । 

कहाँ फैलियो कोरोना ?  

यसले विश्वलाई नै आक्रान्त तुल्याएको छ । डेढ दर्जन देशमा यसको संक्रमण देखिएको छ । 

यो एसियाली र अमेरिकी मुलुक हुँदै युरोपतर्फ अगाडि बढिरहेको छ । 

पछिल्लो समय फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।

अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको छ । 

कोरोना भाइरसको सन्त्रास

कोरोना भाइरसले कम्तीमा ४२ को ज्यान गयो, १४ सयमा संक्रमण 

कोरोनाबाट कसरी बच्ने ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ