arrow

क्रिकेट जित्ने खेलाडीलाई क–कसले दिए बधाई ?

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
Pm-oli-TU-cricket.jpg.jpeg
काठमाडौं। नेपालको घरेलु मैदानमा भएको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा पनि विजय हासिल गर्ने नेपाली खेलाडीहरूलाई सरकार प्रमुख देखि शीर्ष नेताहरुलगायतले बधाई दिएका छन्। रोमान्चक मोडमा पुगेर तीन विकेटको विजय हासिल गर्न सफल नेपाली क्रिकेट टोलीलाई नेपालका कार्यकारी प्रमुख देखि सामान्य नागरिकसम्मले आ–आफ्नो पहुँचमा रहेको माध्यमबाट बधाई तथा शुभकामना दिएका हुन्। 
 
खेल सुरु हुन भन्दा पहिले नै कीर्तिपुर खेल मैदान पुगेर खेलाडीहरूलाई शुभकामना दिएका प्रधानमन्त्री ओलीले खेल जीतेसँगै आफ्नो अफिसियल ट्वीटरमा अकाउन्टमा ‘आज फेरि नेपाली क्रिकेट टीमलाई हार्दिक बधाई’ भनेर बधाई भनेका छन्। उनले अघिल्लो खेलमा पनि यसैगरी खेल सम्पन्न हुने वित्तिकै बधाई ज्ञापन गरेका थिए। 
 
त्यसैगरी, प्रमुख विपक्षी दलका नेता एवं काँग्रेस सभापति शेरबहादुर देउवाले नयाँदिल्लीमा रहेपनि खेल समाप्त हुनेवित्तिकै आफ्नो ट्वीटर अकाउन्टमा  बधाई ज्ञापन गरे। यसरी बधाई ज्ञापन गर्नेमा उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा, सत्तासाझेदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस नेता गगन थापा, एमाले नेता रविन्द्र अधिकारीसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की लगायतले खेल सकिएलगत्तै बधाई दिए।
 
यस्तै, नेपाली क्रिकेट समर्थकले तथा थुप्रै नेपाली नागरिकलेसमेत खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन्। पछिल्लो समय सामाजिक संजालले बधाई दिनलाई सजिलो बनाई दिएपछि विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालबाटै बधाई दिएका छन्।
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ