arrow

२१ राजदूत सिफारिस : कुन् दलको भागमा कति ? (सूचीसहित)

एमाले ६, एमाओवादी ४, राप्रपा नेपाल १, कांग्रेस शून्य

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
oli-cabinet-meeting-widgetsp-2.jpg.jpeg
काठमाडौं  । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले लामो समयपछि रिक्त २१ मुलुकमा राजदूत सिफारिस गरेको छ । लामो समय देखि सरकार अस्थिर रहँदै गएपछि राजदूत नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन । मंगलबार दिउँसो देखि साँझ अबेर सम्म धानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २१ मुलुकमा नियुक्तिका लागि सिफासिस गरेको हो । 
 
राजनीतिक भागवण्डाबाट भएको सिफारिसमा सवैभन्दा बढी ६ जना एमालेबाट परेका छन् । यस्तै, सत्तासाझेदार दल एमाओवादीबाट ४ जना र राप्रपा नेपालकोतर्फबाट १ परे । प्रमुख विपक्षी दल नेपाली कांग्रेस भने शून्य भएको छ । पूर्व पराष्ट्र अधिकारीमध्येबाट ८ जना सिफारिसमा परेका छन् । यस्तै, अन्यमा २ जना छन् । प्रमुख विपक्षी आफ्नो पक्षबाट कोही पनि नपरेपछि रुष्ट हुँदै असन्तुष्टि जनाउन थालेको छ ।
 
पछिल्लो समय सरकारले विभिन्न निकायमा नियुक्ति गर्ने प्रक्रियालाई बढावा दिएको छ । सोमबार मात्रै महान्याधिवक्तालाई सपथ खुवाएको सरकारले मंगलबार लामो समयदेखि एकै पटक २१ राजदूत नियुक्तिको सिफारिस गरेको हो । आइतबार मात्रै सरकारले वाणिज्य मन्त्री नियुक्त गरेको थियो । 
 
कस्काे भागमा कति ?
 
एमाले कोटाबाट
१. श्रीलंकाका लागि नारद भारद्वाज
२. इजरायलका लागि शिबमाया तुम्बाहम्फे
३. साउदी अरवका लागि अलि अख्तर मिकरानी
४. जापानका लागि खड्ग केसी
५. चीनका लागि महेन्द्रबहादुर पाण्डे
६. दक्षिण कोरियाका लागि युवराज कार्की
 
एमाओवादी कोटाबाट
७. डेनमार्कका लागि युवनाथ लम्साल
८. अष्ट्रेलियाका लागि लक्की शेर्पा
९. बहराइनका लागि पदम सुन्दास
१०. कतारका लागि डा.महेन्द्र सिंह
 
राप्रपा नेपालको कोटाबाट
११. रसियाका लागि निरञ्जन थापा
 
परराष्ट्रका कर्मचारी मध्येबाट
१२. ब्राजिलका लागि ताराप्रसाद पोखरेल
१३. जर्मनीका लागि रमेशप्रसाद खनाल
१४. अष्ट्रियाका लागि प्रकाशकुमार सुवेदी
१५. बेल्जियमका लागि लोकबहादुर थापा
१६. पाकिस्तानका लागि सेवा लम्साल
१७. इजिप्टका लागि झविन्द्र अर्याल
१८. म्यानमारका लागि ऋषिकेष घिमिरे
१९. बेलायतका लागि दुर्गाबहादुर क्षेत्री
 
अन्यबाट
२०. बंगलादेशका लागि खगेन्द्र बस्नेत
२१. यूएइका लागि भरतबहादुर रायमाझी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ