arrow

राष्ट्र बैंकको गभर्नरलाई पुनः सरकारी नियुक्ति दिनु हुँदैन – सांसद राजभण्डारी

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
divyamani-rajbhandari.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले राष्ट्र बैंकको गभर्नर जस्ता लाभदायक पोष्टमा काम गरिसकेका व्यक्तिलाई पछि कुनै पनि सरकारी नियुक्ति नदिन माग गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा छलफलमा सहभागी हुने क्रममा सांसद राजभण्डारीले मुख्य रुपले निर्वाचन आयोगका आयुक्त र महालेखा परीक्षकजस्तै गभर्नरले पनि फेरि नियुक्ति नपाउने गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘गभर्नर भन्ने पोष्ट लाभदायक पोष्ट हो । त्यो पोष्टलाई पुनः नियुक्तिका लागि राख्नु हुँदैन । महालेखा परीक्षक र निर्वाचन आयोगका आयुक्तहरुलाई दोस्रो ठाउँमा पुनः नियुक्ति नदिएजस्तो गरिनु पर्छ । सरकारलाई केही लाभदायक दिनसक्ने भइसकेपछि उसैलाई रिवार्ड जस्तो गर्न सक्ने भएकाले त्यो हुनुपर्छ ।’

राष्ट्र बैंकको सुविधालाई पनि विशेष ध्यान दिनुपर्नेमा सांसद राजभण्डारीले जोड दिएका छन् । उनले भने, ‘हामी सांसदहरुको बैठक भत्ता एक हजार रुपैयाँ छ । राष्ट्र बैंकको सुविधा के छ जानकारी के छ ? सांसदको भन्दा कम हुने हिसाबले होस् ।’

राजभण्डारीले राष्ट्र बैंकका संचालक भएका व्यक्तिहरुले कुनै पनि वाणिज्य बैंकबाट ऋण लिन नपाउने व्यवस्था गरिनु पर्नेमा समेत जोड दिएक छन् । उनले कारण खुलाउँदै भने, ‘किनभने पदको दुरुपयोगको परिस्थिति देखिइरहेको छ । अर्कातिर ब्ल्याक लिष्ट भएका बिजनेस कम्युनिटीका मान्छेहरु वा जोसुकै हुन् यसलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्छ । यसमा कुनै पनि उल्लेख नभएकाले त्यसमा पनि प्रस्तावमा होस् ।’

विधेयकबारे थप भने, ‘आवश्यकता अनुसार नेपाल राष्ट्र बैंक २०५८ लाई संशोधन गर्नका लागि विधेयक आएको छ । यो समय अनुसार आएको छ । यो ठीकै छ । कतिपय चीजहरुमा सैद्धान्तिक रुपले ध्यानाकर्षण गर्नुपर्ने भएको छ ।’

सांसद राजभण्डारीले लेखा परीक्षण समितिमा इन्डिपेन्डेन्ट (अर्थ मन्त्रालय र राष्ट्र बैंक बाहिरका  राख्नुपर्ने सैद्धान्तिक सहमति हुनुपर्नेमा समेत जोड दिएका छन् ।  

सांसद राजभण्डारीले गभर्नरले पुनः सरकारी नियुक्ति खान नहुनेमा जोड दिइरहँदा अर्थमन्त्री डा खतिवडाले पुर्लुक्क हेरेका थिए । पूर्व गभर्नर खतिवडा मन्त्री हुनुअघि गभर्नर नै थिए । उनलाई राष्ट्रिय सभामा सांसद बनाएर केपी शर्मा ओलीले मन्त्री बनाएका थिए । उनको पदावधि फागुन २० गते सकिँदैछ । 

मास्क खोइ ? कालोबजारीलाई सरकारले किन रोकेन ? 
अर्थमन्त्रीको ध्यानाकर्षण गराउने क्रममा सांसद राजभण्डारीले वर्तमान समसामयीक विषयमा पनि विचार राखेक छन् । 

उक्त क्रममा उनले अहिले काठमाडौंमा कोरोना भाइरसको संक्रमणका कारण मास्क पाइन छाडेको भन्दै सहज उपलब्धाका लागि सरकारको ध्यानाकर्षण के छ ? भनी प्रश्न गर्दै संसदलाई जानकारी गराउन आग्रह गरेका छन् । 

उनले तीतो यथार्थ सुनाउँदै भने, ‘अहिले ब्ल्याक मार्केटमा मात्र पाइन थालेकाले सरकारले चाहिने सामग्रीको उपलब्धी पनि गर्न नसक्ने र प्राइस कन्ट्रोल पनि गर्न नसक्ने हुँदा यसमा सरकार असक्षम हुँदै गएको देखिएको छ ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ