arrow

मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकबाट पारित गर्न दिव्यमणी राजभण्डारीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
divyamani.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकबाट अगाडि बढाइ पारित गर्न आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको छलफलमा भाग लिँदै सांसद राजभण्डारीले यो विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भइसकेको कारणले गर्दा फास्ट ट्रयाकबाट अगाडि बढाउन आग्रह गरेका हुन् । 

उनले स्पष्ट पार्दै भने, ‘किनभने संसदको समय धेरै छैन खाली छलफल गर्यौं र हामीले पास गर्न सकेनौं भनेदेखि यो विधेयकहरु सबै निष्क्रिय भएर जान्छ । त्यसकारण जनताप्रति उत्तरदायी भएको कारणले गर्दा जतिसक्यो त्यति छिटोछिटो बाँकी रहेका विधेयकहरु पनि फास्ट ट्रयाकबाट ल्याएर पारित गरेर लैजान अनुरोध गर्दछु ।’ 

उनले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई हेरेरसमेत विधेयकलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘विधेयक सम्बन्धमा कुरा गर्दा जुन राष्ट्रिय सभाले ल्याएको कुरामा क्लासिफिकेसन छुट्टाछुट्टै तरिकाले गर्ने भन्ने कुराहरु पनि रहेको छ । कसरी व्यवहारिकता हुन्छ ? इन्टरनेशनल प्राक्टिस कसरी गरेको छ । त्यसलाई पनि मध्यनजर गरिकन ऐनमा संशोधन या कानूनहरु बनाउनको निम्ति आवश्यकता देखिएको छ ।’

विधेयक आइसकेपछि पनि व्यवहारिक र पारदर्शी बनाउनका लागि उनले सुझाव दिएका छन् । उनले भने, ‘यो काउन्सिलमा इलेक्टेड मेम्बरलाई पत्रकार महासंघका अध्यक्षहरु जस्तालाई पदेन गरिकाले यो काउन्सिलमा राख्ने गर्यो भने अटोमेटिकल्ली एकाउन्टिबिलिटी बढ्दै जान्छ र रेप्रिजेन्टेसन पनि त्यो संस्थाको हुन्छ । किनकि यो काउन्सिल हो समिति हैन ।’

सांसद राजभण्डारीले समावेशीमा पनि जोड दिएका छन् । उनले भने, ‘समावेशीको कुरा छ भन्देखिन् समानुपातिकको पनि होस् । एकैजातको सबै ठाउँमा बाहुल्य नहोस् । अहिले मन्त्रिमण्डलमा भएजस्तो एकैठाउमा एकैजातिय बाहुल्य नहोस् । सबैको समावेशीको परसमानुपातिकको पनि रेप्रेजेन्टेशन होस् भन्ने हुन्छ ।’

उनले व्यवसायिकतामा पनि जोड दिएका छन् । उनले भने, ‘दफा १७ मा परिचयपत्रको कुरा, एउटा कम्प्लिकेशन हुने कुराहरुमा पनि विचारणीय हुनु पर्नेछ । किन भन्देखिन् यो कुनै मेडिकल डक्टरको कुरा हैन । यो कुनै इन्जिनियरको घर बनाउने कुरा हैन । कति लिटरेसी रेट छ । क्वालिफाइड पिपुल कति छन् । तर एक्सपिरियन्स भएका व्यक्तिहरु धेरै जना छन् । त्यस्ताहरुको पनि रेप्रिजेन्टेशन पनि हुने र एक्सपिरियन्सलाई पनि कदर गरिकन राख्न सक्ने व्यवस्था होस् भन्ने कुरा गर्छु ।’

मिडिया संस्थासँगै पत्रकारहरुको इन्स्युरेन्समा जोड दिँदै राजभण्डारीले भने, ‘क्षतिपूर्तिको कुरामा गर्दाखेरी मिडिया हाउसेसहरुले र संस्थाहरुले आफ्ना पत्रकारहरुले हुनसक्ने अभ्यासका आधारमा हुनसक्ने क्षतिपूर्ति दिनुपर्ने कुरालाई एउटा इन्स्युरेन्सको व्यवस्था गर्ने, त्यसले गर्दा त्यसको एकाउन्टिबिलिटी जे हुन्छ उसले आफूलाईमात्र इन्स्युरेन्सले कभरेज गर्न सक्छ भने पत्रकारहरुको निम्ति एक्सिलेन्स इन्स्युरेन्स र मेडिकल इन्स्युरेन्स अनिवार्य रुपले गर्नुपर्छ भन्ने यो विधेयकमा स्पष्टसँग लेखिएको छ । किनभने सबैचाहिँ काउन्सिलको निम्ति हुन्छ ।’

छलफलमा भाग लिने क्रममा उनले पूर्व संचारमन्त्री गोकुलप्रसाद बास्कोटालाई धन्यवादसमेत दिएका छन् । उनले अगाडि भने, ‘आफ्नो टाइममा पेश गरेको विधेयकका बारेमा जुन तरिकाले अहिले उहाँले राम्रोसँग ब्याख्या गरिदिनुभयो । अहिले राज्यसभाबाट आएका केही संशोधनहरुमा कुन परिस्थितिमा राखिएको थियो र के भइरहेको छ राम्रोसँग एउटा रेस्पन्सिबल एक्स मिनिस्टर र एकाउन्टेबल एमपीले गर्नुपर्ने कार्य गरिदिनुभएकोमा म बहुत खुशी छु । त्यस्तै गरी जब हिजो हामीले नागरिकताको विधेयकका कुराहरु गर्यौं अरु धेरै सम्बन्धित विधेयकका कुरा गर्दाखेरी त्यस बखतमा सरकारमा रहेका र विधेयक पेश गर्ने व्यक्तिहरुले पनि यसैगरी जिम्मेवारी तरिकाले आफ्ना कुराहरु राखिदिएको भए अवश्य पनि गरिमा बढ्थ्यो । हिजो आफैले विधेयक पेश गर्दा कुन तरिकाले गर्ने र अहिले चाहिँ प्रतिपक्षमा हुँदा अथवा अरु पक्षमा हुँदा कुन तरिकाबाट चाहिँ प्रस्तुत गर्ने कुराको डिफरेन्सेस कति देख्छ एउटा क्वालिफाइड र रेस्पन्सिबल पार्लियामेन्ट मेम्बरको कति क्वालिटी हुन्छ भन्ने देखाएकोमा म विशेष धन्यवाद दिन चाहन्छु । म खुशी छु ।’

यो भनिरहँदा उनले प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले संसदमा देखाएको भूमिकाप्रति प्रश्न उठाउन भने छाडेनन् । उनले भने, ‘त्यस्तैगरी एमसीसीका कुरा गर्दा, एसपीपीका कुराहरु गर्दा पनि यही तरिकाबाट भइदिएको भए हाम्रो यो संसदको गरिमा धेरै बढ्दै जाने थियो भन्ने मलाई महसुस भइरहेको छ ।’ 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ