arrow

उपभोक्तालाई केन्द्रमा राखेर काम गर्न दूरसञ्चार सेवा प्रदायकलाई मन्त्री खतिवडाको आग्रह

नेपाल दुरसञ्चार प्राधिकरणको भावी योजना सार्वजनिक

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
yubaraj-katiwada-nta.jpg

काठमाडौं। उपभोक्तालाई केन्द्रमा राखेर सहज सेवा दिन दूरसञ्चार सेवा प्रदायकहरु लाग्नु पर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बताएका छन्। मन्त्री खतिवडाले भने “ग्राहकले सेवा राम्रो पाइन भन्ने गुनासो मात्रै आयो भने पनि त्यस्ता सेवा प्रदायकको भविश्य के हुने भन्ने अवस्था आउन सक्छ।”

नेपाल दूरसञ्चार प्राधिकरणको २२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उपभोक्तालाई कसरी बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्नेतर्फ सेवाप्रदायको ध्यान जानुपर्ने बेला आएको उनको धारणा थियो। मन्त्री खतिवडाले काम नगरी लाइसेन्स होल्ड गरेर बस्ने कार्यको अन्त्य हुनुपर्ने बताए। डिजिटल नेपालमा पुग्नको लागि तिब्र गतिमा काम गर्नु पर्ने उनले जोड थियो। नयाँ प्रविधि भित्राएर डाटामा छिटो काम गर्नसक्नु पर्नेमा जोड दिँदै उनले ठूला लगानीसम्बन्धी निर्णय तत्कालै तथ्याङ्क विश्लेषणका आधारमा गर्नुपर्ने भएकाले डाटामा पहुँच पुग्ने अवस्थाको सिर्जना गर्नुपर्नेमा उनको जोड थियो।

बिग डाटाहरुको बिस्तारमा प्राधिकरणले बिशेष ध्यान दिनुपर्ने उनले बताए। साथै प्राधिकरणले अप्टिकल फाइवर बिछ्याउने कार्यमा तिब्रता दिएसगै डिजिटल नेपाल बनाउन सहज बन्दै गएको उनको धारणा थियो। अवको दिनमा डिजिटल प्रणालीमा गएर सुशासनको अवधारणालाई कार्यान्वयन गरी सेवालाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए।

हरेक क्षेत्र कृषिको आधृनिकीकरण, शिक्षा, स्वास्थ्यको गुणस्तर प्रभावकारी बनाउने, स्मार्ट सिटी, वित्तीय सेवा, शासकीय व्यवस्था एवं प्रशासन तथा सेवा प्रवाहमा गरिने दूरसञ्चार सेवासमेत डिटिजल नेपाल फ्रेमवर्कममा समेटिसकिएको मन्त्री डा खतिवडाले बताए। दूरसञ्चार पूर्वाधार जस्तै स्याटेलाइट, मोबाइल टावर, ब्रोडव्याड, अप्टिकल फाइबरलाई बहुआयामिक, बहुउपयोगी बनाउनेतर्फ ध्यान दिन प्राधिकरणलाई निर्देशन थिए। नीजि क्षेत्रलाई समेत साथ लिएर जान उनको सुझाब थियो।

मन्त्री खतिवडाले भने, 'तोकका आधारमा दूरसञ्चार फ्रिक्वेन्सी वितरण गर्ने कुराको समेत अन्त्य भए। प्राधिकरणले नियम तथा कानूनी आधारमा रहेर काम  गर्न प्राधिकरणलाई मेरो सुझाव छ।' मुख हेरेर दबाबमा परेर कुनै पनि काम नगर्न समेत उनले प्राधिकरणलाई सचेत गराए। सरकारले ग्रामीण क्षेत्रमा दूरसञ्चारको सेवाका रुपमा ब्रोडव्याण्ड, अप्टिकल फाइबर पुर्याएको, टावरको स्तरोन्नति गरेको जानकारी दिँदै उनले सेवा प्रदायकले ती पूर्वाधारको प्रयोग गरेर ग्राहकलाई सन्तुष्ट हुने किसिमले सेवा दिन लाग्नुपर्नेमा उनको जोड थियो।

प्राधिकरणले व्यावसायिक र स्वायत्तरुपमा नै काम गर्दा हस्तक्षप नगर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सचिव दीपक सुवेदीले बताए। प्राधिकरणले दूरसञ्चार सेवालाई व्यावसायिक, प्रतिस्पर्धी बनाउन लाग्नुपर्नेमा उनको जोड थियो। नियामक निकायका रुपमा रहेको प्राधिकरणले समयसापेक्ष सेवा दिन के कति प्रयास गरियो भन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो। सबै जिल्लामा फोर जी सेवा पुगेको भए पनि त्यसलाई थप व्यावसायिक एवं सबै क्षेत्रमा पुर्याउनेतर्फ ध्यान दिनुपर्ने चुनौती समेत रहेको सचिव सुवेदीको भनाइ थियो।

अध्यक्षद्धारा प्राधिकरणको भावी कार्यक्रम सार्वजनिक
कार्यक्रममा प्राधिकरणमा अध्यक्ष पुरुषोत्तम खनालले  न्युनतम ब्रोडब्याण्डको स्पीड ५१२ केवीपिएस बनाउने बताए। त्यसको लागि ब्रोडब्याण्ड नीति २०७१ संसोधन गर्नुपर्ने बताए। साथै उनले अवको दिनमा सहुलियत दरमा इन्टरनेट सेवा दिनको लागि काम गर्ने बताए। सेवा प्रदायकहरुले ग्रामिण दुरसञ्चार बिकास कोषमा जम्मा गरेको २ प्रतिशत रकमबाट ग्रामिण क्षेत्रमा दुरसंञचार पुर्याउन संचालनमा ल्याएका बिभिन्य योजनाहरुको प्रगति बिवरण ५६ प्रतिशत रहेको र अवको दिनमा अझ तिब्रता दिइने बताए।

अध्यक्ष खनालले बिगतमा भएका काम तथा आगामी योजनाबारे लेखाजोखा गरेका थिए। जस अन्तर्गत सम्पूर्ण जिल्लामा इन्टरनेट पुर्याउने योजनाको प्रगति, सडक सञ्जाल पुगेका ठाउँमा ९६ कोरको सूचना महामार्ग बनाउने कार्यले तिब्रता पाएको, मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरुमा अप्टिकल फाइवर बिछ्याउने काम अगाडी वढिरहेको आगामी  र २ वर्षमा पुरा हुने योजना सुनाए। साथै उनले यही आर्थिक बर्षमा एक हजार बिद्यालयमा आइटी ल्याव स्थापना गर्ने कार्य सम्पन हुने र यसले ति बिद्यालयहरुमा कम्युटर अध्ययन गर्न सहज हुने तथा डिजिटल ग्यापलाई कम गर्ने बिश्वास ब्यक्त गरे।

त्यस्तै उनले प्रमुख सहरहरुमा अप्टिकल फाइवर जमिनमुनि गर्ने कार्यलाई तिब्रता दिने लगायतका भावी कार्यक्रम सार्वजनिक गरेका हुन। कार्यक्रममा प्राधिकरणको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरियो।

एनटिए इन्टरनेट स्पीड टेस्ट वेभ ब्राउजर र एनटीए कल एपको सुभारम्भ 
२२ औ बार्षिकोत्सवको अवसरमा प्राधिकरणले एनटीए कल एप र इन्टरनेट स्पीड टेस्ट सार्वजनिक गरेको छ। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र मन्त्रालयका सचिव दीपक सुवेदीबीचमा फोनमा कुरा गरेको कललाई टेस्ट गरेर एनटी कल एप उद्घाटन गरिएको थियो। नियामक नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिकोत्सवको अवसरमा सर्वसाधारणले समेत कलको गुणस्तर मापन गर्न सक्ने गरी यो एप सार्वजनिक गरेको हो।

त्यसै गरी इन्टरनेट सेवाग्राहीहरुले दिएको इन्टरनेटको गुणस्तर तथा भने अनुसारको स्पीड नदिएको भन्ने गुनासो बढिरहेको बेला इन्टरनेट स्पीड टेस्ट गर्न सक्ने स्पीडटेस्ट डट एनटिए डट जीओभी डट एनपी वेभ ब्राउजर सार्वजनिक गरेको हो। यस ब्राउजरको माध्यमबाट सेवाग्राहीले इन्टरनेटको स्पीड मानप गर्न सक्ने प्राधिकरणले बताएको छ।  

निर्देशक अम्बर स्थापित उत्कृष्ट कर्मचारी घोषित 
२२ औ बार्षिकोत्सवमा प्राधिकरणमा पुराना कर्मचारी निर्देशक अम्बर स्थापितलाई उत्कृष्ट कर्मचारी घोषित भए। केही महिना अघि मात्र प्राधिकरणले फिक्वेन्सी अक्सन (बोलकबोल) को माध्यमबाट एनसेललाई पहिलो पटक फिक्वेन्सी उपलब्ध गराएको थियो। सो फिक्वेन्सी अक्सन गर्नको लागि निर्देशक स्थापितले उल्लेख्य भूमिका खेलेको भन्दै उत्कृष्ट कर्मचारी घोषित भएका हुन्।


२० बर्ष भन्दा बढी समय काम गरेका कर्मचारीहरुलाई दिर्घ सेवा पदक प्रदान
बार्षिकोत्सवको अवसरमा २० बर्ष भन्दा बढी काम गरेका कर्मचारीहरुलाई दिर्घ सेवा पदक प्रदान गरिएको छ। यसरी पदक पाउनेहरुमा निर्दैशकहरु दिपेश आचार्य, अम्बर स्थापित रहेका छन्। त्यसैगरी उपनिर्देशकहरु रेवतीराम पन्थ, सुन्दर प्याकुरेल, सुरेश बस्नेत, संदिप अधिकारी, प्रतिमा घिमिरे रहेका छन्। साथै बरिष्ठ सवारी चालक एकराज तिवारी, बरिष्ठ कार्यालय सहयोगीहरु राधेश्याम मल्ल, नवराज पुरी र हाका वहादुर प्रधान समेतले दिर्घ सेवा पदक पाएका छन्। बिभिन्न खेलकुदमा बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण समेत गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ