arrow

भारतीय गृहमन्त्री अमित साहका सहयोगी सन्दिप रानाको पहलमा नेपालीको उद्धार

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
sandeep-rana.gif

काठमाडौं। भारतको मुम्बईबाट नेपाल आउँदै गर्दा लकडाउनका कारण दिल्ली आसपासमा फसेका नेपालीहरुको उद्धार गरिएको छ। 

भारतका गृहमन्त्री अमित साहका सहयोगी रहेका सन्दिप रानाले रूद्रपुर उत्तराखण्ड प्रशासनसँग समन्वय गराई रूद्रपुर प्रशासनको रोहवरमा तत्काल खाने व्यवस्था र रात्री विश्रामको व्यवस्था भएको जानकारी दिएका हुन्। त्यहाँ रहेका नेपालीहरुलाई स्थानिय सहयोगीहरूको सूचना पालना गर्न पनि अनुरोध गरेको उनले सामाजिक सञ्जालमा जनाएका छन्। 

दिल्लीबाट पैदल नै नेपालतर्फ भोकभोकै हिडेको रिपोर्ट एवीपी न्यूजले प्रसारण गरेपछि उनीहरुको उद्धारका लागि नेपाली दूतावास सहित भारतमा रहेका आर बी खडका, जेएनयूमा अध्ययनरत अम्बिका जोशी लगायतले सहयोग गरेको पनि रानाले जनाएका छन्। रानाले रूद्रपुर प्रशासनलाई धन्यवाद दिएका छन्। 

मुम्बईबाट रेलमा आउँदै गर्दा उनीहरु दिल्लीमा लकडाउन परेका थिए। पीडितहरुका अनुसार लकडाउन भएपछि रानीबाग होटलमा बसेका उनीहरु निकालिएका थिए। 

कुनै पनि सहायता तथा सवारी नपाएपछि उनीहरु भोकभोकै नेपालतर्फ पैदल नै हिडेका थिए। त्यसमध्ये काखे वालक च्यापेकी महिला पनि थिइन। ति बच्चाकी आमाले खाना खान नपाएपछि बच्चालाई दूधसमेत नआएको बताएकी थिइन।’

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले खान नपाएकालाई र्याम्बोसेरामा खान खुवाउने व्यवस्था गरेको बताए पनि प्रहरीले भने जहाँबाट आएको हो त्यहीं जान भनेपछि उनीहरु बेवारिसे भएको बताएका थिए।  

पाल्पा रामपुर स्थायि घर भएका राना लामो समयदेखि भाजपाका नेता तथा भारतका वहालवाला गृहमन्त्री अमित शाहसँग काम गर्दै आएका छन्। नेपाल विद्यार्थी संघसँग आवद्ध समेत रहेका उनी अन्तराष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानमा समेत आवद्ध छन्। 



नयाँ