arrow

बेलायतका स्वास्थ्य मन्त्रीलाई पनि कोरोना संक्रमण

कोरोना संक्रमणपछि राजकुमार चाल्सदेखि प्रधानमन्त्री जोन्सन पनि आइसोलेसनमा

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
matt-hancock-uk.gif

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोन्सन कोरोना संक्रमण भएको समाचार वाहिरिन नपाउँदै उनको सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानकक पनि कोरोना संक्रमित भएको बेलायती समाचार संस्थाहरुले जनाएका छन्। 

जोनसनले आफू आइसोलेसनमा गए पनि घरबाटै काम गर्ने र कवरोना विरुद्ध लड्ने प्रतिबछता जनाएका छन्। 

बेलायती प्रधानमन्त्री जोन्सन र र स्वास्थ्यमन्त्री ह्यानकक दुवै आइसोलेसनमा गएका छन्। यो समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीका लागि स्वास्थ्य लाभको कामना गरेर सामाजिक सञ्जालहरुमा सन्देशहरु दिन थालिएको छ।  

राजकुमार चाल्सलाई कोरोना भएको पुष्टी भएको दुई दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्यमन्त्री ह्यानककलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको हो। 

प्रधानमन्त्री जोन्सनलाई कोरोनाको हल्का लक्षणहरू देखा परेको उनले नै एक भिडियो सन्देशमा बताएका हुन्। उनलाई कोरोना भाइरसको लागि इंग्ल्याण्डका प्रमुख मेडिकल अफिसर, प्रोफेसर क्रिस ह्विट्टीको व्यक्तिगत सल्लाहमा परीक्षण गरिएको बीबीसीले जनाएको छ ।

बेलायतको राजपरिवारमा कोरोनाको पहिलो संक्रमण पछि ७१ बर्षिय चार्ल्स स्कटल्याण्डस्थित आफ्नो निवासमा आईसोलेसनमा रहेका छन्। उनकी पत्नीलाई भने संक्रमण देखिएको छैन। दुवैजना आइसोलेसनमा बसेका बेलायती संचार माध्यमहरुले जनाएका छन्।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ