arrow

वान बेल्ट, वान रोड, वान भाइरस : इटाली, ईरान कसरी हिड्ला चीनको ओबीओआरको बाटोमा ?

logo
एजेन्सी,
प्रकाशित २०७६ चैत २६ बुधबार
obor-project-china.jpg

एजेन्सी। विगत केही वर्षदेखि चीनले विश्व आर्थिक प्रभुत्वको लागि अघि सारेको आफ्नो ड्रीम कनेक्टिभिटी परियोजनाको सूत्रवाक्य रहेको वान बेल्ट, वान रोड (ओबीओआर) डोरीमा ७८ देशहरू जोडिसकेका छन् । २०२० तिर आएर यसमा थप दुई शब्द जवर्जस्त थपिएका छन् - 'वान भाइरस'। खासगरी पश्चिमाहरुबाट यो नयाँ शब्द थपिएर आएको छ। कोरोनको विस्तार भएसँगै, इटाली, इरान र अन्य देशहरुमा एक बेल्ट, एक रोड मात्र नभएर एक भाइरस पनि महसुस गरिन थालेको हो।

ओबीओआर मार्फत चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग एशिया, अफ्रिका र युरोपमा जोड्ने योजनामा छन्। "शताब्दीको परियोजना" को रुपमा ब्रान्ड गरिएको ओबीओआर अब इटाली-इरान जस्ता देशहरुका लागि एक किसिमले आशंकाको बिषय भएको छ। पाकिस्तान पनि यसबाट अछुतो छैन।

इटाली र इरानले चीनको प्रमुख परियोजना ओबीओआरमा भाग लिएका थिए। हाल कोभिड-१९ को प्रकोपका कारण सबैभन्दा बढी पीडित छन् । कोभिड-१९ चीनको वुहान क्षेत्रबाट उत्पन्न भएको थियो र पछि विश्वको विभिन्न कुनामा फैलिसकेको छ। अब यो एशिया, युरोप हुदै अमेरिका सहितका सबै महादेशसम्म बसाई सरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुमा यसलाई चिनियाँ भाइरस नामाकरण गरेकाले विवादमा पनि परे।

"सन् २०१९ मा इटाली र इरानले ओबीओआरमा हस्ताक्षर गरेर पूर्वाधारदेखि यातायातसम्म चिनियाँ लगानीका लागि आफ्ना क्षेत्रहरू खुल्ला गरेका थिए । यसको अर्थ यस बेल्ट एण्ड रोड पहल अन्तर्गत हजारौं चिनियाँ कामदारलाई निर्माण कार्यमा संलग्न गराउनु हो।" अमेरिकी अनलाइन पत्रिका दि फेडरलिस्टका लागि लेख्ने गरेकी लेखक हेलेन रालेले इरान र इटाली पीडित हुनुको पछाडी ओबीओआर कारक रहेको औंल्याइन् । 

"यी दुई देशले चीनबाहिर सबैभन्दा बढी दुःख भोग्नुको कारण मुख्यतया ओबीओआरको पहल मार्फत बेइजिङ्गसँगको घनिष्ट सम्बन्ध हो," उनले लेखेकी छिन्। , "इटालीमा छिरेको भाइरसको प्रकोपले स्पेन हुँदै पुरै यूरोपलाई आफ्नो चपेटामा लिइसकेको छ भने यसको घातक असर अमेरिकासम्म फेलिइसकेको छ जस्ले विकराल रुप लिने संघारमा छ," उनी अगाडि लेख्छिन्।

"ओबीओआरले बेइजिङ्गको विदेश नीतिलाई पूर्वाधार लगानीको भेषको रूपमा लगेको छ। यो कसरी काम गर्छ त:, चीन र कन्ट्री एक्सले कन्ट्री एक्समा एउटा पूर्वाधार योजना गर्न सहमत हुन्छन्। कन्ट्री एक्सले प्रोजेक्ट वित्तपोषण गर्नका लागि चिनियाँ बैंकबाट ऋण लिनुपर्ने हुन्छ। कन्ट्री एक्समा परियोजना निर्माण गर्न आउनका लागि सम्झौता गरिन्छ। र तिनै चिनियाँ कम्पनीहरु आपूर्ति र आफ्ना कर्मचारीहरु लिए उक्त देशमा काम गर्न आउँछन्। स्पष्ट छ, यस  अगुआईबाट बढी फाइदा हुने देश चीन नै हो, "उनले लेखिन्।

"ओबीओआरले नयाँ बजार प्रदान गर्दछ र चीनको सामान र सेवाहरूको निरन्तर माग गर्दछ, चिनियाँ श्रमिकहरूका लागि रोजगारीको अवसर सिर्जना गर्दछ, र चीनलाई रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानहरू र प्राकृतिक संसाधनहरूको पहुँच प्रदान गर्दछ। बेइजिङ्गको वास्तविक उद्देश्य यसको भू-राजनीतिक विस्तार बढाउनका लागि भर्खरै प्राप्त गरेको वित्तीय शक्तिको लाभ उठाउनु हो। जुन आर्थिक र सैन्य बलबाट यात्रा अगाडि बढाउदै छ।" उनले भनिन। 

"इरान र इटालीले आफ्नो विगतको निर्णयको लागि भुक्तानी गरिरहेका छन्। यद्यपि यो कदमले चीनको रणनीतिक चासोको लागि राम्रो काम गरिरहेको छ, तर यसमा सहभागी देशहरूका लागि त्यस्तो भएको छैन। कम्तिमा आठ देशहरू (जिबूती, कीर्गिस्तान, लाओस, मालदिभ्स, मंगोलिया, मोन्टेनेग्रो, पाकिस्तान र ताजिकिस्तान) जसले ओबीओआर परियोजनमा हस्ताक्षर गरे उनीहरू चीनको ऋणी छन्। उनीहरूले आफ्नो ऋण चुक्ता गर्नको लागि आफ्नो रणनीतिक सम्पत्ति चीनमा हस्तान्तरण गर्नुपर्‍यो। यी चिन्ताजनक उदाहरणहरूका बाबजुद इटाली र इरान दुवै देशका नेताहरूले २०१९ मा ओबीओआरमा उत्सुकतासाथ हस्ताक्षर गरे, उनीहरुको आशा कम्युनिष्ट चीनको रातो पूँजीले आफ्नो देशलाई आर्थिक संकटबाट बचाउने भन्ने थियो। अब तिनीहरूले यसको लागि महँगो मूल्य तिर्दैछन्," हेलेन रालेले आफ्नो लेखमा लेखिकि छिन्।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार, इरानमा कोविड-१९ बाट मर्नेहरूको संख्या ४ हजार नाघेको छ, जबकि संक्रमित पुष्टि भएका घटनाहरूको संख्या ६५ हजार माथि पुगेको छ। कुम शहर त्यो ठाउँ हो जुन इरानमा पहिलो प्रकोप रेकर्ड गरिएको थियो। इरानी चिकित्सा पेशाकर्मीहरूका अनुसारा, ओबीओआर अन्तर्गत परियोजनामा कार्यरत चिनियाँ कामदार वा चीन भ्रमण गर्ने इरानी व्यापारीहरु मार्फत उक्त शहरमा कोरोनाभाइरस फैलिएको शंका गरिएको एएनआई समाचार एजेन्सीको रिपोर्टमा भनिएको छ।

त्यस्तै इटालीमा भने १७ हजार एक सय २७ को मृत्यु भएको छ र एक लाख ३५ बढी संक्रमित भएका छन्। र यो अवस्था यूरोप दोस्रो विश्वयुद्ध पछिको सवैभन्दा भयावहको स्थिति हो। देशको लोम्बार्डी क्षेत्रमा कोभिड-१९ को प्रकोप इटालीमा पहिलो पटक देखिएको थियो। यस क्षेत्रमा सबैभन्दा बढी चिनियाँ लगानी रहेको उक्त एजेन्सीले जनाएको छ।

चीनको सबै मौसममा सहयोगी पाकिस्तानको कोभिड-१९ मा वृद्धि 
चीनले ६२ अर्व डलर लगानी गरिरहेको पाकिस्तान भने कोरोना प्रकोपबाट टाढा रहेको छैन। पाकिस्तानमा पनि कोरोना संक्रमित रोगीहरूको संख्यामा उल्लेखनीय बृद्धि भएको छ। पछिल्लो तथ्याङ्क अनुसार, ५८ जना भाइरस संक्रमित बिरामीहरुको मृत्यु भइसकेको छ र देशमा हालसम्म ४२ सय व्यक्तिहरु कोरोना पीडितका साक्षी पाइसकेको छ।

पाकिस्तान चीनको सदावहार सहयोगी देश हो र यस वर्षको सुरुमा वुहानलाई भाइरसले नराम्रो असर परेको बेला आफ्नै विद्यार्थीहरूलाई पनि बाहिर निकाल्न पाकिस्तानले चाहेन। यस शहरबाट बाहिर निकाल्ने बिन्ती गरेका पाकिस्तानी विद्यार्थीहरूको धेरै भिडियोहरू सोशल मीडियामा आएका थिए।

"चीन-पाकिस्तान-आर्थिक-कोरिडोर (सीपीईसी) अन्तर्गत निर्माण कार्यका लागि पाकिस्तानमा चिनियाँ कामदारहरूको उपस्थिति - मेगा ओबीओआर अन्तर्गतको प्रमुख परियोजना - विगत केही दिन यता कोभिड-१९को संक्रमित संख्यामा अचानक वृद्धि हुनुको सम्भावित कारणमाथि शंका उत्पन्न भएको छ।" 

"पंजाबमा ठूलो मात्रामा प्रकोप हुने डरका कारण प्रान्तको एक जिल्ला डेरा गाजी खानमा ८ सय भन्दा बढी तीर्थयात्रीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। एक डाक्टरले बताए अनुसार, गरीब र अपर्याप्त स्रोत भएकाहरुलाई एउटा सानो कोठमा सीमित गरिएको छ। संक्रमितहरुलाई झुण्डको रुपमा त्यहाँ राखिएको छ" स्रोत उत्लेख गर्दै एएनआईले लेखेको छ।

मुस्लिम सम्मेलनका अध्यक्ष, मीरपुर मुजफ्फर एडवोकेटले पनि चेतावनी दिदै भनेका छन्, "पाकिस्तानले कब्जा गरेको जम्मू कश्मीर (पीओके) सरकारले अन्य जिल्लाका कोरोनोभाइरस पीडितलाई मीरपुर र नयाँ शहरको क्वारेन्टाइन क्याम्पमा सार्नु हुदैन। किनभने स्थानीयहरू धेरै डराएका छन्। स्क्रिनिङ्ग र क्वारेन्टाइनिङ्ग उचित प्रबन्धको अभावमा पीओकेमा दिन प्रति दिन नयाँ व्यक्तिमा भाइरसबाट संक्रमित फेला पर्न थालेका छन्। संक्रमित व्यक्ति आजाद पाटन परियोजनामा चिनियाँ कामदारहरूसँग काम गरिरहेका छन्। जहाँ सीपीईसी परियोजना सञ्चालन भइरहेको छ।"

"मानिसहरू आतंकित अवस्थामा छन्। संक्रमित व्यक्तिहरु चिनियाँ मजदुरहरूसँग काम गरिरहेका छन्। त्यस्तै अरु सयौं  मजदुरहरूलाई चिनियाँसँगै काम गर्ने कठिनाईको सामना गर्नुपर्‍यो किनभने त्यहाँ जाँच गर्ने कुनै व्यवस्था छैन। चिनियाँ भाषामा काम गरिरहेका सबै कर्मचारीहरूको छानबिन हुनुपर्ने माग गरिरहेका छन्, "स्रोत उल्लेख गर्दै एएनआईले लेखेको छ।

यस बीच, "हाउ चाइना द वर्ल्ड सीज: हन-सेन्ट्रिज्म एण्ड ब्यालेन्सका सह-लेखक तथा टेक्सास-स्यान एन्टोनियो विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक थायर जो ले लेखेको एक लेख "पावर ईन इन्टरनेशनल पोलिटिक्स" मा लेखिए अनुसार "चीनको सिभिल पावर इनिसिएटिभका उपाध्यक्ष रहेका लियानचाओ, सी जिनपिङ्ग र डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधनोम पनि दोसी छन्, जसले यस प्राणघातक महामारीलाई जिम्मेवार रुपमा व्यवस्थापन गर्न चुके।"  
लेखमा भनिएको छ, "टेड्रोसले डिसेम्बरमा देखिएको भाइसर स्पष्ट रूपमा चीन र बाँकी देशहरूमा फैलिएकोको घटनाप्रति आँखा चिम्लेर बसे र जनवरीमा चिनियाँ राष्ट्रपतिले गरेको भेटपछि मात्र चीनले कोभिड-१९ को प्रकोपको तीव्रता, व्यापकता र दायरा कम गर्न शुरु गर्‍यो।"

"चीनले हालसालै कोभिड-१९ प्रकोपसँग लड्न डब्ल्यूएचओलाई २० करोड डलर दिने वाचा गरेको छ, जसका लागि टेड्रोसले सीलाई धन्यवाद दिए। तर हामी टेड्रोसको मातृभूमि इथियोपियासँग चीनको सम्बन्धलाई ध्यान दिनुपर्छ, जसलाई पूर्वी अफ्रिकाको 'सानो चीन'  पनि भनिन्छ। किनभने उनी डब्ल्यूएचओलाई चीनको प्रभावमा राख्न सेतु बनेका छन्। अफ्रिका र त्यहाँ चीनको बेल्ट एण्ड रोड कदमको कुञ्जी मार्फत।  यथार्थमा चीनले इथियोपियामा ठूलो लगानी गरेको छ," उनको लेखमा उल्लेख छ।

विश्व अभूतपूर्व संकटमा परेको कारण अब क्रिस्टल कियर भइसकेको छ। चिनियाँ पूँजीको लगानीको जालमा फस्नाले बास्तवमा इटाली र इरानलाई विनाशको बाटोतर्फ पुर्‍याउँदैछ। बिभिन्न एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ