arrow

नेपालमा कोरोनाको सुस्त परीक्षण, यस्तो छ अहिलेसम्म नेपालीको अवस्था

१० नेपालीको गयो ज्यान, १०० भन्दा बढी संक्रमित

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । कोरोना भाइरसले विश्वका २०९ देशलाई घेरेर राखेको छ । बाँकी केही देश पनि त्रासमा छन् । 

छिमेकी चीनबाट फैलिएको भए पनि यो संक्रमण नेपालमा भने सोचेभन्दा कम नै देखिएको छ । अहिलेसम्म विश्वभर १६ लाख ३ हजार ७१९ जनामा संक्रमण देखिएको छ । 

९५ हजार ७२२ जनाको ज्यान लिइसकेको छ । जसमा केवल ३ लाख ५६ हजार ६५५ जनाको मात्र उपचारपछि निको भएको छ । 

यो आंकडा हेर्दा नेपाल भाग्यमानी देश भएको छ । जोडिएको राष्ट्र भएर पनि संक्रमणले आक्रामक रुप लिएको छैन । 

त्रास बढ्दो परीक्षण कम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो संक्रमित व्यक्ति माघ १० गते देखिएको थियो । त्यसपछि अहिलेसम्म नौ जनामा मात्र देखिएको छ । 

पहिलो व्यक्तिलाई निको भइसकेको छ भने बाँकीमध्ये ४ जनाको धनगढीमा र २–२ जनाको बाग्लुङ र काठमाडौंमा उपचार भइरहेको छ । 

नेपालमा दोस्रो चरणको कोरोना संक्रमण भएको छ । विदेशबाट आएका संक्रमित व्यक्तिले नेपालमै भएका व्यक्तिलाई सारेसंगै यो दोस्रो चरणमा रहेको हो । 

तेस्रो चरणमा भने अझै पुगेको छैन । नेपालमै सरेकाले पनि अर्को व्यक्तिलाई सारे भने त्यो तेस्रो चरणमा पुग्छ । 

तेस्रो चरणमा पुग्यो भने त्यसलाई रोक्न निकै कठिन पर्छ । 

यसको त्रास यतिविघ्न हुँदा समेत नेपालमा जम्मा २ हजार ८९५ वटामात्र परीक्षण गरिएको छ । त्यसमध्ये ९ जनामा मात्र संक्रमण देखिएको हो । 

परीक्षणको प्रविधिमाथि पनि कहिलेकाहिं आशंका उब्जिए पनि परीक्षण भएकामध्ये २८८६ नेगेटिभ आउनुलाई ठूलै राहतका रुपमा लिइएको छ । 

अहिलेसम्म ११७ जना आइसोलेसनमा रहेका छन् । 

अहिले हरेक प्रदेशमा कोरोनाको स्वाब परीक्षण भइरहेको छ । 

पछिल्लो समय प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच  गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । नमूना लिइएकामध्ये ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी रहेको छ । 
 
प्रदेश नं २ मा भारत र अन्य मुलुकबाट घर फर्केकालाई लक्षित गरी आठवटै जिल्लामा क्वारेन्टाइन सञ्चालन गरिएका छन् । 

१० नेपालीको गयो ज्यान, १०० भन्दा बढी संक्रमित
विश्वभरमै रहेका नेपालीको बारेमा चर्चा गर्दा स्थिति राम्रो छैन । अहिलेसम्म १० नेपालीको ज्यान गइसकेको छ । 

१०० भन्दा बढी संक्रमित छन् । अमेरिकामा पाँच, बेलायतमा चार र संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपालीको ज्यान गइसकेको छ । 

दशौं व्यक्ति बेलायतमा रहँदै आएका नेपाली हुन् । ५६ वर्षीय पूर्व गोर्खा मेखबहादुर गुरुङको बुधबार निधन भएको हो ।

बेलायतले तीन जना पूर्व गोर्खालाई खाइसकेको छ । यसअघि पूर्व गोर्खा सैनिकद्धय चेतप्रसाद गुरुङ र लीलाबहादुर राईको ज्यान गएको थियो । 

अर्का एक जना भने पेशाकर्मी प्रशान्त अर्याल हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ