लकडाउनमा काठमाडौंमा रहेका मुगुका मजदुर र विद्यार्थीलाई कांग्रेस सभापति शाहीको सहयोग जारी
प्रकाशित २०७७ वैशाख ३ बुधबार
513
Shares
काठमाडौं। नेपाली कांग्रेस मुगुका सभापति खड्ग बहादुर शाहीले मुगुबाट काठमाडौं आइ अध्ययन गरिरहेका विद्यार्थी तथा मजदुरी गर्दै आएका विभिन्न व्यक्तिहरुलाई राहत वितरण अभियानलाई जारी राखेका छन्।
लकडाउनका कारण घर जान नपाएका मुगुका विद्यार्थी र मजदुरी गर्नेहरुलाई शाहीले किर्तिपुर, बौद्ध लगायतका विभिन्न स्थानमा पुगी राहत वितरण गरेका हुन्।
नयाँ बर्षको अवसर पारी शाहीले दोस्रो चरणको राहत वितरण गरेका थिए। उनले विभिन्न सहयोगी संस्थाहरुसँग समन्वय गरि विद्यार्थी र मजदुरहरुको डेरामै पुगी राहत विरण गरेका थिए।
यसअघी पनि शाहीले मुगु जिल्लाका विद्यार्थी र मजदुरलाई मुख्य प्राथमिकतामा राखेर कर्णालीका अन्य जिल्लाहरु जुम्ला, हुम्ला सहित बर्दिया, कैलाली, गोरखा, ललितपुर, रामेछाप, पर्सा लगाएत जिल्लाका ज्यालादारी कामदार र बिद्यार्थीलाई सहयोग गरेका थिए।
अहिलेसम्म ५ सय भन्दा बढी परिवारलाई राहत गरेको शाहीले जानकारी दिए।