बेलायतमा पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठको कोरोनाको कारण निधन
प्रकाशित २०७७ वैशाख ३ बुधबार
1k
Shares
लण्डन। लण्डनमा अर्का एक भूपू गोर्खा सैनिकको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ। पश्चिम नेपाल स्याङ्जामा जन्मिएका पोखरा लेकसाइड ठाडा पसलका हाल लन्डनमा सपरिवार स्थायी बसोबास गर्दै आएका पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठको मृत्यु भएको सामाजिक अभियन्ता बोजराज बरालले जनाएका छन्।
श्रेष्ठको मृत्यु लन्डनस्थित गाइज हस्पिटलमा भएको हो। दुई सातादेखि उनको कोरोना भाइरसको उपचार भइरहेको थियो।