arrow

भारतीय प्रहरी पक्राउमा लापर्वाही गर्ने चार प्रहरी जिल्ला तानिए

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
nepal police.png.png
कञ्चनपुर । डोटी–अछाम सीमा क्षेत्रमा हतियारसहित भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटनामा लापर्वाही गरेको भन्दै पश्चिमी सिमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका चारजना प्रहरी जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।  
 
जिल्लामा तानिनेमा प्रहरी नायव निरीक्षक उमेश पाल, प्रहरी सहायक निरीक्षक खगेन्द्र भाट, एक प्रहरी हवल्दार र एकजना जवान छन् ।  प्रहरी नायब उपरीक्षक केदार खनालले चेकजाँच कार्य प्रभावकारी बनाउन नसकेको र लापर्वाही गरिएको कारण चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएको जानकारी दिए । उनले फिर्ता बोलाइएका प्रहरीको सट्टा अन्यलाई खटाइने प्रस्ट्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ