arrow

गाउँपालिका अध्यक्ष जालिम मियाँको घरमा भेटिएका दुई भारतीय गैरमुस्लिम को हुन ?

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
jalim-family-swab-test-list.gif

पर्सा। संक्रमित जमातीको सम्पर्कमा रहेका जगरनाथपुर अध्यक्ष जालिम मियाँ र उनका परिवारका १८ जनाको प्रहरीको उपस्थितिमा स्वास्थ्यकर्मीले स्वाब परिक्षण गरियो। 

तवलिगी जमातका जमातीहरुसँगको सम्पर्कमा रहेका भनिएका जालिम र उनको सम्पर्कमा रहेका परिवारका १८ जनाको स्वाब संकलन गरेको प्रहरीले सो समयमा संचारकर्मीहरुलाई जानकारी दिएको थियो।

सबै परिक्षण नेगेटीभ आएपछि जालिमको घर रहेको टोलका स्थानियहरुले सन्तोषको स्वास फेरेका छन् । डरको मनोविज्ञान केहि भएपनि हटेको स्थानियहरु बताउँछन् ।  

स्वाब परिक्षणका क्रममा प्रहरीले १८ जनाको नाम, ठेगाना, फोन नम्वर र कहाँबाट आएको भन्ने सम्मको विवरण समेटेको थियो। जालिमको घरमा रहेका परिवारका सदस्यहरुको क्रम संख्या १०५ बाट १२३ नम्वरसम्म नाम संकलन भएको थियो। १०५ मा नासिर अहमद र अन्तिम १२३ मा जालिमको नाम प्रहरीले तयार गरेको लिष्टमा उल्लेख गरिएको थियो। 

प्रहरीले वैशाख १ गते सोमबारका दिन जालिमकै घरमा गएर स्वाब संकलन गर्दा तयार गरेको लिष्ट हाम्राकुरालाई प्राप्त भएको छ। हाम्राकुराले प्राप्त गरेको सो लिष्टमा रहेको १२० र १२१ नम्वरको नाममा भने जालिमको परिवारका सदस्य भन्दा फरक नाम पाइएको छ। 

जालिमको सम्पर्कमा रहेका घरका आफन्तको स्वाब संकलन भनिए पनि त्यहाँ भारतका पंजाब र हरियाणाका दुई गैर मुस्लिम कसरी पारिवारिक सदस्यका रुपमा आइपुगे अहिले सोधिखोजी शुरु भएको छ। प्रहरीले सो दिन नै उनीहरुको बारेमा जानकारी दिन आवश्यक नठानेको यो विषयले अहिले शंका मात्र जन्माएको छ। संचारकर्मीको समेत उपस्थिति रहेको स्वाब संकलनको दिन प्रहरीले १८ जनानै जालिमको परिवारका सदस्य भनेको थियो। सो दिन जालिमको परिवारको १६ सदस्य र दुई गैर मुस्लिम भारतीय भनेर सार्वजनिक गरिएको थिएन।

संक्रमित जमातीहरुको नेपाल कनेक्सनका रुपमा देखिएका जालिमको घरमा दुई गैरमुस्लिम पंजावका गौर प्रताव सिंह र हरियाणाका रुप चन्द भेटिनुलाई संयोग मात्र मान्नेहरु पनि छन् भने कतिपयले संयोग मात्र हुन नसक्ने बताएका छन्। जालिमको घरसँगै रहेका नेपाल पत्रकार महासंघ बाराका सभापति कमल उपाध्यायले फरक लवज र पहिरनका दुई व्यक्ति लकडाउनका समयमा घर बाहिर देखेपछि स्थानिय प्रहरीलाई जानकारी दिएको यसअघी बताएका थिए। 

पर्सा प्रहरी प्रमुख गंगा पन्तले जालिमको घरमा भेटिएका दुई गैरमुस्लिम भारतीय नागरिकहरुका बारेमा जानकारी पाउँदा आफूहरु पनि शुरुमा अन्यौलमा परेको बताइन । हाम्राकुराको जिज्ञासामा एसपी पन्तले सोधपुछका क्रममा जालिमले दुई भारतीय आफ्नो इटा भट्टामा काम गर्ने मिस्त्री भएको प्रहरीलाई जानकारी दिएको बताइन।

पर्साका ईटा भट्टामा अधिकांश झारखण्ड र उडीसाका नागरिक आउने गरेका छन्। धार्मिक रुपमा कट्टर मानिने शिख समुदायको व्यक्ति जालिमको घरमा भेटिएको घटनालाई प्रहरीले जालिमको भनाइ भन्दा वाहिर गएर पनि अनुसन्धान गरिरहेको स्रोतको दावी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ