- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । नेपाल बिद्यार्थी संघले आफ्नो ५१ औं स्थापना दिवसको अवसरमा शनिबार बाँकेमा बृहत रक्तदान गरेको छ ।
नेपाल बिद्यार्थी संघ बाँकेको आयोजनामा कोहलपुर र नेपालगन्जमा रक्तदान गरिएको हो ।
नेविसंघ बाँकेका अध्यक्ष पुर्णप्रसाद आचार्यका अनुसार कोहलपुर र नेपालगन्जमा गरी कुल १ सय ५९ पिन्ट रगत संकलन भएको छ ।
‘कोहलपुरमा १ सय २८ र नेपालगन्जमा ३१ पिन्ट रगत संकलन भयो,’ अध्यक्ष आचार्यले भने ‘यस्तो लकडाउनको अवस्थामा पनि सोचेको भन्दा राम्रो रगत संकलन भयो ।’