काठमाडौं। विहिबार बेलुका निधन भएका पत्रकार तथा गीतकार सूर्यकुमार क्षत्रीलाई विभिन्न दलका नेताहरुले श्रद्धान्जली दिएका छन्। प्रज्ञा प्रतिष्ठान परिसरमा क्षेत्रीलाई श्रद्धान्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री चित्र बहादुरकेसी, अर्थमन्त्री विष्णु पौडेल, सुचना तथा संचार प्रविधि मन्त्री शेरधन राई लगायत पुगेका थिए। एमाले बरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि प्रज्ञा भवन पुगे।
यस्तै, कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, गगन थापा, चन्द्र भण्डारी, एनपी साउद, धनराज गुरुङ, गुरु घिमिरे, प्रदिप पौडेल लगायत प्रज्ञा भवन पुगे। क्षेत्री सचिव रहेको पत्रकारहरुको पेशागत संगठन प्रेस युनियनका नेताहरुले समेत क्षेत्रीलाई श्रद्धान्जली दिए। क्षेत्रीलाई प्रेस युनियन र राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठानले श्रद्धान्जलीका लागि प्रतिष्ठान परिसरमा राखेको हो।