- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर। जिल्लाका स्थानिय तह तथा सम्वन्धित निकाय सित प्रभावकारी समन्वय नगरीकन पाँचथर जिल्ला फर्किएका नागरिकसित जिल्लावासी शंसकित र त्रसित बनेका छन् ।
स्थानिय तह,जिल्ला समन्वय समिती तथा जिल्ला प्रशासन सित प्रभावकारी समन्वय नगरीकन जिल्ला फर्किएका उनीहरु सित जिल्लाबासी त्रसित बनेका हुन् ।
उनीहरुको चाडो र्यापिड टेस्ट गर्न,प्रभावकारी ढंगबाट स्वास्थ्य परिक्षण गरेर मात्रै होम क्वारेन्टाईनमा फर्काउनु पर्ने कोभिड १९ मानव अधिकार अनुगमन समिती संयोजक नन्द नेम्बाङले बताए ।
स्थानिय तह सित स्पष्ट र प्रभावकारी समन्व्य नगरीकन राजधानीबाट अलपत्र परेर फर्किएका उनीहरुलाई अहिले पालिकाले बनाएको विभिन्न विद्यालयको पब्लिक क्वारेन्टाईनमा राखिएको छ ।
कोचाकोच गरेर एउटै क्वारेन्टाईनमा तिन जना सम्म ती ब्यक्तिहरुलाई राखिएको समेत पाइएको छ । विना पूर्व जानकारी उनीहरु आएपछि उनीहरुलाई ब्यवस्थापन गर्न समस्या भएको फिदिम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्र गुरुङले बताए।
अहिले विभिन्न पालिकामा गरेर २ सय ९२ जना फर्किएका नागरिकहरुलाई पब्लिक क्वारेन्टाईनमा राखिएको पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नारायण प्रसाद न्यौपानेले बताए । यसअघि १ सय ३८ जना र अहिले काठमान्डौँमा बाट थपिएका गरी ४ सय ३० जना पब्लिक क्वारेन्टाईनमा बस्दै आएका छन् ।