arrow

दाहालले भने, ‘मेरा साथीहरु तैले अफ्ठ्यारोमा पारिस् भन्दै सराप्छन्’

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
dahal-new.jpg.jpeg
काठमाडौं । राष्ट्रिय सहमति र एकताको उर्दी लगाइरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीकै साथीहरुले संविधान बनाएकामा आफुलाई सराप्ने गरेको बताएका छन् ।  शुक्रबार राजधानीमा राष्ट्रिय मुस्लिम आयोगले गरेको कार्यक्रमा दाहालले यसो भनेका हुन् । दाहालले भने, ‘साथीहरुले मलाई कयौं पटक भनिसके, तैंले संविधान बनाएर हामी सबैलाई अफ्ठ्यारोमा पारिस् ।’ तर, यदी संविधान नबन्दो हो त यी सबै अल्पसंख्यक समुदायले अधिकार कहाँ पाउँथे होलान् । 
 
दाहालले आगामी संवैधानिक मुस्लिम आयोग अझ बढी सशक्त बन्ने भन्दै मुस्लिमहरुले समेत संविधान बनेर बढी अधिकार पाएको सुनाए । अहिले जारी संघीय गठबन्धनको आन्दोलन र केही समय अघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको आन्दोलनप्रति लक्षित गर्दै दाहालले भने, ‘मलाई त सबै भन्दा बढी मधेस प्रवेशमा प्रतिबन्ध लागेको थियो, तर म वीरगन्ज पनि गएँ, सिराहा पनि गए, प्रवेशै गर्न दिन्न भन्ने मधेसी मोर्चाकै नेताहरुसंग गफ गरे ।’ यो संविधानले कोही कसैलाई उपेक्षा गरेकै छैन । यद्यपि, हामीले यो संविधान संशोधन गर्दैनौं र यही नै पूर्ण हो भनेकै छैनौं । थप्ने र घटाउने चिज घटाउन सकिन्छ, दाहालले भने, ‘जसका लागि राष्ट्रिय सहमति कायम गर्न जरुरी छ ।’ सवै मिल्नुको विकल्प छैन । 
 
दाहालले धर्मनिरपेक्ष हुँदैन, हिन्दु राष्ट्र चाहिन्छ आदि इत्यादीको मानसिकता बोकेर हिंडे भने कुनै पनि समयुदायले अधिकार पाएको महसुस गर्ने छैनन्, दाहालले थपे, ‘यो संविधानले जुनसुकै धर्म, समुदायको प्रतिनिधित्व राज्यका हरेक निकायमा सुरक्षित गरेको छ ।’ यो संविधानले पुरानो राजा हुन हिन्दु नै हुनुपर्छ भन्ने विभेद पालेको छैन । दाहालले मुस्लिम समुदाय पछि परेका समुदाय मध्येबाट मूलधारमा सशक्त रुपमा आएको भन्दै फुर्काए । मुस्लिम समुदाय पहिले जस्तो दोस्रो दर्जाबाट प्रताडित छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ