arrow

बालुवाटारकै योजना अनुसार सर्वेन्द्र, महेश र किसान बिरुद्ध उजुरी दर्ता

व्यवसायीको संयोजनमा हरेक दिन वैठक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
sarbendra-kishan-mahesh.jpg

काठमाडौं। जनता समाजवादीका सांसद डा सुरेन्द्र यादवलाई उनकै घर महोत्तरी पुगेर नेकपाका दुई सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले काठमाडौं ल्याइ पुर्‍याए। काठमाडौं आउँदा आउँदै उनी अपहरणमा परेको संकेत उनले पार्टीका नेताहरुलाई गराएका थिए। अपहरित स्वरुपमा नागपोखरीको एक होटलमा राखिएका उनी एकाएक उम्किन भने सफल भए।

देशका सबै तारे होटलहरु लगभग बन्दै रहेको बेलामा शशी खेतानको मेरियट होटल नेकपाका नेताहरुको खास अतिथीहरुको स्वागतको लागि खुल्ला रहेको थियो। करिव दर्जन कोठा बुक गरिएको सो होटलबाट उम्किन सफल भएका यादवले त्यहाँबाट निस्केपछि माथि उल्लेख गरिएका कुराहरु मात्र होइन आफू कसरी अपहरणमा परे सम्मको वेलिविस्तार मिडियामा लगाए। उनले त्यसक्रममा आफुलाई कसरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गराइयो। कस्ले कुराकानी गरायो सबै कुरा राखे।

आफूले ल्याएको दुई अध्यादेश मध्ये दल सम्वन्धी अध्यादेश अनुसार संघीय समाजवादी पार्टी फुटाउन यादव काठमाडौं ल्याइएका थिए। तर उनीहरु काठमाडौं आइनपुग्दै राजपा र संघीय समाजवादी मिसिएर जनता समाजवादी भइसकेको थियो। त्यहिबाट ओरालो लागेको प्रधानमन्त्रीको छवी पार्टीभित्र र वाहिर दुवैतिर निकै कमजोर देखिन थालेको छ। हारगुहार, माफी, आत्मालोचनमा पुगेर केहि राहत पाएका केपी ओलीको तत्काल खड्गो टरेपनि अझै पूर्ण रुपमा नटेरेको बुधवारको सचिवालयको वैठकमा उनको प्रस्तुतीले देखाएको छ। वैठक नै छोडेर हिड्नु पर्ने र स्थायी समिति टार्नुपर्ने अवस्थामा पुगेका ओली सांसद अपहरणको विषयलाई भने कुनै पनि हालतमा टुङग्याउन खोजेको पछिल्ला घटनाक्रमले देखाएको छ। 

सांसद अपहरण काण्डमा वालुवाटारकै संलग्नताको कुरा एकाएक वाहिरिएपछि रक्षात्मक बनेका प्रधानमन्त्री ओलीले त्यसबीचमा प्रधानन्यायाधिशसँग पनि भेटे। थप परामर्शमा रहेको वालुवाटारले महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेको थियो भने वालुवाटारको संकेत नपाएसम्म अपहरणको मुद्धा दर्ता नगर्न प्रहरीलाई निर्देशन दिइएको थियो। प्रहरीलाई मात्र होइन सरकारी वकिलको कार्यालयलाई पनि त्यहि अनुसारको निर्देशन थियो। मातहतका निकायले पनि भने अनुसार नै गरेका थिए।

मानवअधिकार आयोगलाई निर्देशन दिने अवस्था नभएपछि सांसद सुरेन्द्र यादवलाई पच्छयाउँदै अपहरणको आरोप लागेका तीनै जनाले आफ्नो समेत मानवअधिकारको रक्षाको माग गर्दै निवेदन दिए। यादवले उनीहरु भन्दा पहिले नै निवेदन दिइसकेका थिए। आयोगमा सर्वेन्द्र, महेश र किसानले निवेदन दिएको दिन नै उनीहरु बिरुद्ध सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता भयो । यसरी हेर्दा अब उनीहरुलाई पक्राउ गरि अनुसन्धान गर्ने बाटो खुलेको छ। तर वालुवाटार स्रोत भन्छ, ’यो उजुरी दर्ता बालुवाटारको इसारा अनुसार नै भएको छ। यसमा काममा खटिएका साथीहरुको हित रक्षा हुनेगरि नै परिणाम आउनेवाला छ।‘

यो प्रकरणमा वालुवाटार रक्षात्मक भएपछि प्रधानन्यायाधिशसँग भेटेर न्यायिक प्रक्रियामा आश्वस्त बन्ने प्रयास प्रधानमन्त्रीले गरेको स्रोत बताउँछ। त्यहाँबाट आश्वस्त भएपछि प्रधानमन्त्रीकै निर्देशनमा वालुवाटारको टीम यो मुद्धालाई आफ्नै सरकार भएको बेलामा अघी बढाई आरोपितहरुलाई क्लिन चीट दिलाउन लागिपरेको छ। मुद्धा नलिएर थप सार्वजनिक चासोको विषय बन्न दिनुभन्दा मुद्धा दर्ता गराई अदालती प्रक्रियाबाटै क्लिन चीट दिलाउन प्रयास अन्तर्गत मुद्धा दर्ता गरेको स्रोतको दावी छ।

अहिले आरोपित तीनजनालाई कसरी अपहरणको आरोपबाट मुक्त गर्ने भन्ने बिषयमा काठमाडौंमा एक व्यापारीको संयोजनमा हरेक दिन वैठक हुने गरेको सोहि स्रोत बताउँछ। वैठकमा अपहरणका आरोपित तीनजना, केहि नेकपा निकट व्यवसायी र वरिष्ठ अधिवक्ताहरु हुने गरेका छन्।

दुवै पक्षले मानवअधिकार आयोगमा दिएको निवेदन, यादवले सरकारी वकिल कार्यालयमा दिएको उजुरी सबैलाई हेरेर चाँडो भन्दा चाँडो यो मुद्धालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीको निर्देशन भएसँगै सबै काम द्रुत गतीमा भइरहेको दावी स्रोतको छ। पार्टीको आन्तरिक खिचातानीकै बीचमा सरकार छोड्नु पर्ने अवस्था आउँदा समेत यो मुद्धालाई भने ओलीले आफ्नो हार नहुने गरि टुङ्ग्याउन चाहेको संकेत आफूले पाएको वैठकमा रहने गरेका व्यवसायी निकट स्रोतले दावी गरेको छ। वालुवाटारको डिजाइन अनुसार अदालती प्रक्रिया प्रभावित हुनेमा न्यायिक क्षेत्रका जानकाहररु भने सहमत छैनन। कुनै स्वरुपबाट प्रभावित गर्ने प्रयास भएपनि स्वतन्त्र न्यायापालिकाले आफ्नो निर्णय विवेकसम्मत दिने न्यायिक क्षेत्रका व्यक्तित्वहरु बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ