arrow

सर्वेन्द्र खनाललाई थाहा हुनुपर्ने कति पूर्व भिआइपीहरुले कानुन मिच्दा के भयो भनेर?

logo
राज थापा,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
igp-sarvendra-khanal.JPG

कसैलाई ललाई फकाई लोभलालच देखाइ, शारिरिक तथा मानसिक तनाव दिइ इच्छा बिपरित, पाँचतारे होटेलमा सुनको थालमा मार्सी चामलको भात खान दिएर सुनको कोपारोमै पिसाब फेर्ने ब्यबस्था गरे पनि आफ्नो स्वार्थ पुरा गर्ने उद्धेश्यले राख्दछ भने नेपालको कानुनले उक्त पीडित ब्यक्तिलाई ल्याउने र होटेलमा राख्ने समूहलाई अपहरण र शरीर बन्धकको मुद्धा लाग्नेछ। अनि इच्छा विपरित सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएर होटलमा राखि आफ्नो निहित उद्धेश्य पुरा गर्न खोज्ने सर्वेन्द्र खनाल सहित नेकपाका सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठलाई उन्मुक्ती हुने अवस्था मौजुदा कानुन अनुसार पनि छैन।  

सत्ता र शक्तिले जघन्य अपराधहरु केही समय लुकाउन सकिन्छ तर अन्त्यमा कानुनले छोडैन। कानुन हात लामो हुन्छ भन्ने काुननको कार्यान्वयनमा लागेकाहरुलाई थाहा नहुने कुरै भएन। पूर्व आइजीपीहरु कति जेलको सजाँय काटिसकेका आँखा अगाडी देखेका सर्वेन्द्र खनाललाई पनि यो ज्ञात त पक्कै होला। नभए तलका केहि उदाहरण हेरे पनि हुन्छ। पूर्व प्रहरी महानिरिक्षकहरुका अतिरिक्त को को भिआइपीहरुले आफ्नो गल्तीको सजाँय पाएका छन्।  

स्व खुम बहादुर खड्का अदालतले दोषी ठहर गरेपछि अदालतको फैसला अनुसार सजाय काटेर रिहा भएका थिए। बालकृष्ण ढुंङेल जति बच्न खोजे पनि कानुनसम्मत जेल बसेर मात्रै सुख पाए।

सुढान घोटालाका दोषीहरु तत्कालिन प्रहरी महानिरिक्षकहरु कोहि अझै जेलमा र कोहि सजाय पूरा गरि रिहा भएका छन्। फरारहरु पनि ढीलोचाँडो जेलको सजायँ काट्न वाध्य भए। 

तत्कालिन शाही नेपाली सेनाका कर्नेल कुमार लामालाई मानव अधिकार हनन गरेको कारण बेलायत सरकारले बेलायतमै गिरफ्तार गरि कारबाहीमा गर्यो। अझै उक्त मुद्दा अदालती प्रक्रियामै छ। 

तत्कालिन सशस्त्र प्रहरीका डीआइजी रन्जन कोइराला आफ्नो श्रीमती हत्या आरोपमा अझै सजाय भोगिरहेका छन्। सांसद रेशम चौधरी टीकापुरमा घटनामा अदालतले दोषी ठहर गरेपछि अहिले पनि सजाय भोगि रहेका छन्।

मोहम्मद आफताव आलमले सत्ता र शक्तिको पहुच मा १२ बर्ष सम्म नरसंहारको घटनामा उम्कदै गए पनि अन्त्यमा अहिले जेल चलान भएका छन्। 

संचारकर्मी रबि लामिछाने युबराज कंडेल र सालिकरामको प्रेमिका रुकुलाई आफनै सहकर्मी आत्महत्या दुरुत्सान मुद्दा लागेपछि तत्काल गिरफ्तार भई हिरासतमा राखी अनुसन्धान अघी बढेको थियो। अहिले अदालतले सफाई दिइसकेको छ। 

तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लाग्यो पछि पदबाट राजिनामा दिई प्रहरीको हिरासतमा बसेर अदालतको आदेश अनुसार जेलमै बसि कानुनी लडाई लडे। अदालतले निर्दोष साबित गरेपछि आरोपबाट सफाई पाए।

माथिका उदाहरण हेर्नु सर्वेन्द्र खनालज्यू तपाई पनि एउटा गल्तीमा संलग्न हुनुभएको छ। अब यो केसलाई धेरै मोड्न भन्दा पनि यसलाई चाँडो निरुपण हुन दिनुस। अदालतको प्रक्रियालाई अघी बढ्न मद्धत गर्नुस। तपाई माथि लागेको संगीन आरोपको फैसला हुन दिनुस। अदालतलाई काम गर्न दिनुस। 

कसैलाई आरोप लाग्दैमा सत्ता र शक्तिको आडमा कुनै घटना दबाउन भन्दा नि कानुन र प्रमाण अनुसार नै यो मिथ्या आरोप भनेर प्रमाणित गर्न प्रहरी र अदालत लाई सहयोग गरि हामी निर्दोष छौ भनेर साबित गरि उक्त मुद्दा लगाउने ब्यक्तिलाई कानुन अनुसार कारबाही गराउन सक्नु पर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ