- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । मंगलबार संक्रमितको संख्या ३ हजार ५२३ जना संक्रमित भएकामा त्यो संख्या बुधबार बढेर ३ हजार ७२५ पुगेको छ ।
योसंगै संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ । आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित हुँदा सोमबार भने यो संख्यामा केही कमी आयो । सोमबार ३ हजार ५९१ जना नयाँ संक्रमित थपिए ।
२६ हजार ४०० जनालाई निको भएको छ । एकै दिन बुधबार १ हजार ९४६ जनालाई निको भएको छ । यो अहिलेसम्मकै कीर्तिमान हो । यसअघि मंगलबार त्यो दिनसम्मको सबैभन्दा बढी १ हजार ८७१ जनालाई निको भएको थियो ।
त्यसैगरी मृतक २ हजार ५५१ पुगेका छन् । बुधबार १३६ जनाको ज्यान गएको छ । मंगलबार १२० जनाको, सोमबार ८१ जनाको र आइतबार १११ जनाको ज्यान गएको थियो ।
कहाँ कति संक्रमित
महाराष्ट्र सबैभन्दा बढी पीडित बनेको छ । बुधबार १ हजार ४९५ जना संक्रमित थपिएका छन् । लगातार पाँच दिन महाराष्ट्रमा हजार भन्दा बढी संक्रमित थपिएका छन् । महाराष्ट्रमा २५ हजार ९२२ संक्रमित थपिएका छन् ।
त्यस्तै तमिलनाडुमा ५०९ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ९ हजार २२७ पुगेका छन् । गुजरातमा ३६४ जना थपिएर ९ हजार २६८ संक्रमित पुगेका छन् ।
दिल्लीमा ३५९ जना थपिएर संक्रमित ७ हजार ९९८ जना पुगेका छन् । मध्यप्रदेशमा १८७ जना थपिएर ४ हजार १७३ पुगेको छ ।
राजस्थानमा २०२ जना थपिएर ४ हजार ३२८ पुगेका छन् ।
भारतमा पछिल्लो समय तीव्र रुपमा संक्रमितहरु बढ्दै जाँदा विश्वभरमै १२ औं स्थानमा आइपुगेको छ ।
सुरुआती दुई महिनामा खासै कोरोनाको प्रभाव नपरेको भारतमा अप्रिलदेखि भने तीव्र रुपमा संक्रमित र मृतक थपिएका छन् ।
सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा ९७५ जना पुगेका छन् । गुजरातमा ५६६ पुगेको छ । मध्यप्रदेशमा २३२ को ज्यान गएको छ ।