- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण हुनेहरु तीन जना थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताए ।
संक्रमितहरुमा काठमाडौँ दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला रहेका छन् ।
योसँगै सङ्क्रमितको सङ्ख्या २४९ पुगेको छ । यसअघि बिहीबार बिहान दुई जनामा सङ्क्रमण देखिएको थियो । बिहीबार मात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
पछिल्लो पटक मन्त्रालयले बिहीबार राति ८ः३० बजे विज्ञप्ति जारी गरी २४९ पुर्याएको हो । गल्तिले गर्दा बिहीबार बिहानै २५० पुर्याइसकेको थियो ।