काठमाडौं । पछिल्लो राजनीतिक घनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संबोधन गरेका छन् । ओलीले विषेश समय मागेर सम्बोधन गरेका हुन् । दिउँसो तीन बजे भनिएकामा ढिलो गरी सम्बोधन सुरु भएको थियाे । ओलीले सबै सांसदहरुलाई स्वागत गरे ।
संसदले कसरी काम गर्छ भन्ने विषयमा जनता चिन्तित छन्, ओलीले भने, ‘बजेट कस्तो आउँछ, संसद कसरी अघि बढ्छ भन्नेमा जनताको ध्यान छ ।’ सरकार परिवर्तन गर्ने नगर्ने विषयमा चर्चा भइरहेकैबीचमा ओलीले सम्बोधन गरिरहेका हुन् । गाली गर्यो भन्ठान्नु होला ।
यो द्वापर युग होइन, लोकतान्त्रिक युग हो ।’ घुमाउरो भाषामा ओलीले भने, ‘मलाई सचेत गराउनु भएकोमा धन्यवाद छ ।’ संसद विघटन गर्दैछन्, भनेर अनावश्यक हल्ला गरियो । हामी संसदका निष्कर्षहरुबाट हिँड्छौं । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएपनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल देखिएनन् ।