arrow

सशस्त्रको एआइजी बन्न खनाल र पुनको सिफारिस

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
afp-logo.png.png
काठमाठौं। सशस्त्र प्रहरीमा दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय सुक्रबार बसेको बढुवा सिफारिस समितिले गरेको महानिरीक्षक दुर्ज कुमार राई द्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ।

 

 
 
नायव महानिरीक्षक (डीआईजी) शैलेन्द्र खनाल र जितबहादुर पुनलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस गरेको हो। तर यस अघि बरियातामा दुई नम्बरमा भएका उत्तम खड्का भने सिफारिसमा परेका छैनन्। बरियातामा तीन नम्बरमा रहेका शैलेन्द्र खनाललाई एक नम्बरमा सिफारिस गरिएको छ भने एक नम्बरमा रहेका जीतबहादुर पुनलाई भने दुई नम्बरमा सिफारिस गरिएको छ। यस अघिको बरियाता अनुसार क्रमस चार, पाँच नारायण बाबु थापा, पुष्पराम खत्री रहेका थिए। 
 
यो सिफारिसमा कुनै उजुरी नपरे अर्को हप्ता बस्ने मन्त्रिपरिसदले  शैलेन्द्र खनाल र जीतवहादुर पुनलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने छ। जम्मा दुई जना एआइजीको दरवन्दी खाली रहेको थियो।
 
त्यसपछि खनाल एक नम्बरमा बढुवा भएपछि सिंहबहादुर श्रेष्ठको समूहपछिको महानिरीक्षक बन्ने बाटो खुल्नेछ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ