arrow

सरकारले मेधसी मोर्चालाई पत्र काट्यो, कमल थापा हाँसोका पात्र

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
thapa-patra.jpg.jpeg
काठमाडौं । सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा आउन आह्वान गर्दै पत्र काटेको छ । सरकारले गठन गरेको वार्ता समिति संयोजक एवं उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले मोर्चा संयोजकलाई सम्बोधन गरी पठाएको पत्रमा मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्नुलाई सकारात्मक भनिएको छ । 
 
यद्यपि, मोचाका नेताहरुले वार्ता समिति संयोजक थापाले पठाएको पत्रको बोधार्थ चार दललाई मात्र लेखेको भन्दै उनी हाँसोका पात्र भएको उल्लेख गरेका छन् । थापाले पठाएको पत्रमा बोधार्थ संघीय समाजवादी फोरम नेपा, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टीको मात्र नाम उल्लेख छ । 
 
यद्यपि, मोर्चामा मात्रै अहिले सात दल आवद्ध छन् । शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव समेत अहिले मोर्चामा छन् । मोर्चा नेताहरुले आफुहरुको मोर्चामा कति दल छन् भन्ने समेत थाहा नहुने सरकारले आह्वान गरेको प्रस्तावलाई स्वीकार नगर्ने जनाउ समेत दिएका छन् । उनीहरुले कमजोर मानसिकता र हल्का पाराले पठाएको पत्रलाई स्वीकार गर्नु र ? भन्ने प्रश्न उठाएका छन् । 
 
थापाले पठाएको पत्रमा नेपाल सरकार र यहाँहरुबीच पटक–पटक भएको वार्ताको मर्म अनुसार यहाँहरको माग सम्बोधन गर्ने क्रममा गत २०७२–११–१६ का दिन नेपालको संविधान २०७२ को पहिलो संशोधन भएको व्यहोरा अवगत नै रहेको उल्लेख छ । यस्तै, पत्रको अन्तिम हरफमा वार्ताको मिति सरकार र यहाँहरुको सहमतिमा छिट्टै तोकिन उपयुक्त हुने पनि ब्यहोरा समेत अनुरोध गर्दछु –भनिएको छ । मोर्चासहितको संघीय गठबन्धन अहिले आन्दोलनमा छ । यस्तै, मोर्चामा आवद्ध दलहरुले सडक र सदनबाट एक पटक आन्दोलन गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ