arrow

मदन भण्डारी फाउण्डेशनद्वारा कोरोना कोषमा पाँच लाख

logo
रासस,
प्रकाशित २०७७ असार १५ सोमबार
madhan-foundation-pm-oli.jpg

काठमाडौं। मदन भण्डारी फाउन्डेशनले नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु पाँच लाख हस्तान्तरण गरेको छ। जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा सङ्यी लोकतान्त्रिक गणतन्त्र’ विषयको छलफल कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले सो रकम बराबरको चेक हस्तान्तरण गर्दै मदन भण्डारीले आलोचनात्मक विश्लेषणलाई अत्यन्त विश्वास गरेको र नेता ओलीले त्यसलाई अघि बढाएको बताए।

यस वर्ष कोरोना महामारी र बन्दाबन्दीका कारण अन्य सार्वजनिक कार्यक्रम नगरिएको र विभिन्न चेतनामूलक र वातावरण संरक्षणसम्बन्धी साताव्यापी कार्यक्रम गरेर जननेताको जन्मजयन्ती मनाइएको बताइन्। फाउण्डेशनका सचिव पेम्बा लामाले यस वर्ष फाण्डेशनले प्रदान गर्ने पुरस्कार पनि स्थगन गरिएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ