दोलखा ।आदि बासी जनजाति महासंघ दोलखाको अध्यक्षमा आङपासाङ शेर्पा निर्वाचित भएका छन् । प्रतिनिधिको विषयमा पार्टीका नेताहरु बीच कुरा मिल्न नसकेपछि नेकपा एमाले पक्षीय नेताहरु स्थगित भएको घोषणा गर्दै बाहिरीय पनि काँग्रेस, एनेकपा माओवादी, संघीय समाजवादी लगायतका दलका नेताहरुको उपस्थितिमा शेर्पालाई अध्यक्ष घोषणा गरेको हो ।
महासंघका उपाध्यक्षमा देवेन्द्र थामी, सचिव प्रमिला श्रेष्ठ, सहसचिव सुजन सुरेल, कोषाध्यक्ष ललीतबहादुर मगर खपाङ्गी रहेका छन् । सदस्यहरु केन्द्रबहादुर सुनुवार, राकेश श्रेष्ठ, कुमार भुजेल, लीला गुरुङ, शोभा तमाङ, शान्तीदेवी सुनुवार, रणबहादुर थामी, रोहितकुमार थामी, पपना तमाङ, सोनाम शेर्पा, सिर्जना सुरेर, विष्णुमाया माझी, खड्गबहादुर श्रेष्ठ, कुमाल र अमृत मगर रहेका छन् ।
अध्यक्ष पदमा एमाले पक्षका मिङ्गुर शेर्पाले अध्यक्ष दाबी गरेका थिए । उनी पक्षीय नेताहरुले जिरेलका प्रतिनिधिका विषयमा विवाद भएपछि स्थगित भएको भन्दै बाहिरीएका थिए । नवनिर्वाचित समितिलाई महासंघका पूर्व अध्यक्ष बर्मा लामा, नेपाली काँग्रेसका सचिव सन्तोष रिमाल, एनेकपा माओवादीका विशाल खड्का लगायतले बधाई तथा शुभकामना दिए ।