मन्त्रिपरिषद् बैठक : ओलीको भारत र चीन भ्रमणका सम्झौता कार्यान्वयन गर्न समिति गठन
प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय सूचना तथा प्रविधि परिषद्
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
1.6k
Shares
काठमाडौं । सरकारले प्रधानमन्त्रीको भारत र चीन भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन गर्न समिति गठन गरेको छ । दिउँसो सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्र सचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति गठन गरेको हो ।
यस्तै, बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा राष्ट्रिय सूचना तथा प्रविधि परिषद् गठन गरेको छ । मृगौला पीडितहरुको समस्यालाई ध्यानमा राख्दै बैठकले मृगौला रोगिका लागि निशुल्क डाइलशिसको व्यवस्था गर्ने निर्णय गरेको छ । उता, सरकारले सुरक्षा नीति २०७३ समेत स्वीकृत गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।