arrow

“ओलीका ‘दूत’सँग बाहिर आएजस्तो केही कुरा भएको होइन”

नेकपाको विवाद चाँडै किनारा लगाउन देउवाले दिए शुभकामना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २१ आइतबार
minendra-rijal-congress1.jpg

काठमाडौं । आइतबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता एवं स्थायी समिति सदस्य सुवास नेम्वाङले भेटेको विषय मिडिया तथा सामाजिक सञ्जालमा आएझैं ‘रहस्यमय’ नभएको काँग्रेस नेता डा मिनेन्द्र रिजालले बताएका छन् । 

हाम्राकुरासँग कुरा गर्दै डा रिजालले भने, ‘नेम्वाङजी ओलीको ‘दूत’कै रुपमा मात्र नभएर संसद लगायतका बिषयहरुमा सत्तापक्ष र प्रतिपक्षी दलसँग निरन्तर सम्वाद हुनुपर्ने मान्यता अनुरुप प्रतिपक्षी दलसँग पछिल्लो राजनीतिक विषयमा कुराकानी गर्न आउनुभएको हो ।’

भेटका क्रममा नेम्वाङले सरकार र सत्तापक्षको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको बताए । ‘सभापतिजीले पनि गत बुधबार प्रधानमन्त्री ओलीजीसँग संवैधानिक नियुक्तिलगायतका विषयमा चासो राख्नुभयो,’ भेटमा सहभागि भएका काँग्रेस नेता डा रिजालले भने, ‘सभापतिजीले संसदमा अनेक बिजनेस हुँदाहुँदै परम्परा विपरित अपर्झट संसद किन अन्त्य गरिएको हो भनेर सोध्नुभयो ।’

नेकपाभित्रको विवाद त्यस पार्टीको नितान्त आन्तरिक विषय भएकाले फुटाउन वा जुटाउनमा काँग्रेसको कुनै भूमिका नहुने तथा नलाग्ने डा रिजालले स्पस्ट पारे । उनले हाम्राकुरालाई भने, ‘एउटा सत्तासिन पार्टीभित्रको किचलोले देशमा फैलिएको कोरोना महामारीलगायतका विषयसँग कसरी जुध्ने भन्ने कुरामा पक्कै असर पार्छ, त्यसमा पनि सभापतिज्यूले तपाईँहरुको विवाद चाडै किनारा लागोस भनेर शुभकामना दिनुभएको हो।’

पूर्व सभामुख समेत रहेका नेकपा नेता नेम्वाङले आफूले प्रतिपक्षी दलको नेताका रुपमा सभापति देउवालाई भेटेको बताए । उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘त्यस्तो ठोस विषय केही थिएन, सत्तासिन दल र प्रतिपक्षी दलबीच सम्वाद भइरहनुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको भावना अनुरुप उहाँलाई भेटेको हुँ । भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था र विविध विषयमा उहाँलाई जानकारी गराएर फर्किएको हुँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ