arrow

चिनियाँ ‘क्याप्सुल’बाटै नेकपाको बिमार निको हुने संकेत,  स्थायी कमिटी दुई दिन सर्यो  

logo
प्रकाशित २०७७ असार २२ सोमबार
ncp-sthi-committee.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बैठक सोमबार बिहान ११ बजेलाई बोलाइएकामा चिनियाँ सक्रियता एकाएक बढेपछि बुधबार मात्र बस्ने गरी बैठक स्थगित गरिएको हो । 

चीनले सक्रियता देखाउँदा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो अहिले मौन बस्दा फेरि पार्टी फुटेर टुक्रा हुने संकेत पाएपछि चीनको चासो पुनः बढेको हो । 

चिनियाँ राजदूत होउ यान्छीले आइतबार साँझ वरिष्ठ नेता माधवकुमार नेपालसंग उनकै घरमा गएर भेटेर छलफल चलाएपछि खुलेको चीनको सक्रियताकै कारण नेताहरु दवावमा आएका छन् । 

यसका लागि नै स्थायी कमिटी बैठक दुई दिन सारेर नेताहरु छलफलमा जुटेका छन् । 

प्रधानमन्त्री ओली र प्रचण्डबीच यसअघिका पटक पटकका वान भर्सेस वान बैठक निचोडमा पुगेका छैनन् । तर प्रचण्ड दुवै पदबाट ओलीलाई छोडाउने सर्तबाट एक स्टेप पछि सरेका छन् । 

प्रचण्डले अब प्रधानमन्त्री छाड्नमात्र दवाव दिएका छन् । तर ओली मानिरहेका छैनन् । 

अब चीन नै लागेपछि कसको पल्ला भारी हुन्छ त्यो हेर्न बाँकी छ । 

गत शुक्रबार बैठक स्थगित गरी पार्टीको ठूलो दुर्घटना जोगाउन अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म वार्तामा रहेपछि बैठक स्थगित गरिएको थियो । 

कमिटीको पहिलो बैठकमै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आरोप प्रत्यारोप चलेपछि पार्टीभित्रको विवाद सतहमा पुग्यो । 

ओली त्यसपछि आक्रोशित भए । उनले पटक पटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । पार्टीमा आफूमात्रै राष्ट्रवादी भएको परिचय दिए । बाँकी शीर्ष नेताहरुलाई ‘भारतीय दलाल’ को संज्ञा दिए । 

जब बाहिर कार्यक्रममा त्यसरी ओली प्रस्तुत भए तब शीर्ष नेताहरुले ओलीको सत्ता र पार्टी दुवैबाट राजीनामा मागे । उनीहरुको तर्क थियो – सत्ता चलाउन र पार्टी चलाउन ओली असफल भए । 

ओली रोकिएनन् । उनले संसदको चालु अधिवेशन अन्त्य गरे । त्यसले झन् ठूलो विवाद ल्यायो । कसैसंग सल्लाह नै नगरी गरिएको अधिवेशन अन्त्यले गर्दा नेताहरुबीच झन् दूरी बढ्यो । 

नेकपाभित्रै अड्कल काटियो कि ओलीले अब पार्टी फुटाउँछन् । आफू अनुकुलको अध्यादेश ल्याउँछन् । 

तर चीनको क्याप्सुल आएपछि नेकपाको बिमार निको हुने संकेत देखिएको छ । स्थायी कमिटीको 'टाइमबाई'ले कत्तिको काम गर्ने हो अबका केही समयले निष्कर्ष निकाल्ने नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ