arrow

नर-नारायणलाई प्रह्लादले कसरी पारे वशमा ?

logo
प्रकाशित २०७७ असार २४ बुधबार
praladh-naradh.png

काठमाडौं । मुनिप्रवर! तपाईं पृथ्वीमा बस्ने उत्तम ऋषि जस्तो देखिनुहुन्छ। के रसातलमा आउनुको तपाईको कुनै खास उद्देश्य छ? '- महातेजस्वी प्रह्लादले अमिततेजस्वी च्यवन ऋषिमा यथायोग्य पूजा र विनम्रतापूर्वक प्रश्न गरे।

तब नर्मदाको तट नकुलिश्वर-तीर्थमा नुहाउन आएका सर्वश्रेष्ठ ब्राह्मणहरुका श्रेष्ठ महात्मास्वी च्यवनले भूरे रंगको विषधरले यहाँ समातेर ल्याएको सम्पूर्ण वृत्तान्त सुनाए।

'महामुने! म पीडाको लागि माफी चाहन्छु, तर यो मेरो कल्याण हो कि मैले तपाईंको दर्शन र अतिथि सत्कारको अवसर पाएँ। भगवान! धेरै दिनदेखि, पृथ्वीको कुनै महान् तीर्थयात्रामा यात्रा गर्ने इच्छा मेरो मनमा उठिरहेको छ। कृपया मलाई यस विषयमा मार्गदर्शन गर्नुहोस्।'

ऋषि च्यवनबाट नैमिषारण्यको वर्णन सुनेपछि दैत्यराज प्रह्लाद महाबलवान दित्तीपुत्र र राक्षसहरूको साथ तीर्थयात्रामा निस्किए । तीर्थयात्रापछि, प्रह्लादले वनमामा घुम्दै गर्दा एउटा अद्भुत दृश्य देखे - कृष्ण मृगचर्म लगाएका दुई जटाधारी भिक्षुहरू तपस्या गरिरहेका छन्। तर यो कस्तो तपस्या? विशाल शालवृक्षको फेदमा बसेर  तपस्या गरिरहेका छन् त्यो पूर्ण रूपमा बाणले घेरिएको छ। यति मात्र होईन, यी मुनिहरूले पार्श्वमा 'शार्ङ्ग' तथा 'आजगव' नामको दुई दिव्य धनुष र अक्षय तूणीर  पनि राखिएको छ।

यस विरोधाभासलाई देखेर प्रह्लादले नर-नारायणलाई दम्भि सम्झिएर भने, 'तपाईंहरू दुवै दम्भपूर्ण धर्मविनाशक कार्य किन गर्दै हुनुहुन्छ? एकातिर  जटाजूटको भार र अर्को तर्फ श्रेष्ठ अस्त्र ?

'दैतेश्वर! तपाई किन यस बारे चिन्तित हुनुहुन्छ? सामर्थ्यवान्  जुनसुकै काम गर्छ, त्यो शोभा दिने वाला बन्छ । ' तपस्वीहरूले सम्झाए ।

'होइन, धर्म स्थापना गर्ने म रहदै तपाईको यो अहंभाव मात्र प्रवंचना हो।  प्रह्लादले आवेशमा भने। नर नारायण नामका दुबै मुनिहरूले प्रह्लादलाई सम्झाए तर अहंकारको कारण प्रह्लाद रिसाए र  दुबैलाई लडाईमा हराउने प्रतिज्ञा गरे ।  

ब्रह्मास्त्र एवं माहेश्वरास्त्र जस्ता अस्त्रहरुको  परस्पर प्रयोग पनि भयो तर निरन्तर प्रह्लाद हार तर्फ बढे। उनले मुद्गर, प्रास, परिघ, शक्ति आदि अनेक अस्त्रहरुको प्रयोग गरे तर पनि महापराक्रमी लोकापति नारायणलाई हराउन सकेनन्।

निराश प्रह्लाद वैकुंठममा गएर भगवान विष्णुमा शरण लिए र आफ्नो पराजयको कारण जान्न चाहे।

भगवानले भन्नुभयो - 'प्रह्लाद! महाबाहु धर्मपुत्र नारायण अजेय छन्। उनी ब्राह्मणहरुमा श्रेष्ठ परमज्ञानी ऋषि हुन्। उनी सबै देवताहरू र असुरका लागि पनि अजेय छन्। '

'तर भगवान! मैले उनको भेष देखेर आवेषमा प्रतिज्ञा लिए त्यसको के हुन्छ? प्रह्लादले विनयपूर्वक सोधे।

भगवानले भन्नुभयो - 'प्रह्लाद! जहाँ शक्ति पराजित हुन्छ, त्यहाँ भक्तिो जीत हुन्छ। यदि नारायणलाई विजय चाहान्छौ भने, उनको भक्तिभावले पूजा गर। यसैले सुसाध्य छन्। नारायणरुपमा म नै त्यहाँ वहाँ विश्व-मंगलको कामनाबाट तपस्यारत छु ।

'सोऽहं दानवशार्दूल लोकानां हितकाम्यया।
धर्मं प्रवर्तापयितुं तपश्चर्यां समास्थितः॥
तस्माद्यदीच्छसि जयं तामाराधय दानव।
तं पराजेष्यसे भक्त्या तस्माच्छुश्रूष धर्मजम्॥

(वामन० ८। ४१-४२)

भगवान विष्णुको कथनानुसार प्रह्लाद  बदरिकाश्रम गएर भगवान् नर-नारायणलाई आफ्नो श्रद्धा-भक्तिबाट वशमा गरे । प्रह्लादले वरदानको मागे - 'अधोक्षज! म महापराक्रमी रुपमा नभइ तपाईंको भक्तको रूपमा संसारभर चर्चित होउ ।
'त्वत्पादपङ्कजाभ्यां हि ख्यातिरस्तु सदा मम।'
(वामनपुराण)



नयाँ