arrow

रेल्वे स्टेसनको झल्को दिने महानगर यातायातकी दिदी कसरी बोल्छिन् ?

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
MAHANAGAR_YATAYAT.jpg.jpeg
काठमाडौं । ‘हामी अहिले तीनकुने आईपुग्यौ, कृपया बस पुर्ण रूपमा नरोकिएसम्म ओर्लने र चढ्ने नगर्नु होला । महानगर यातायातलाई सेवा गर्ने अवसर दिनुभएकोमा यहाँलाई धन्यवाद, फेरि पनि सेवागर्ने मौका दिनुहोला ।’ एउटी महिलाको मीठो आवाजमा यो कुरा तपाईले चक्रपथ परिक्रमा गर्नुछ भने रातो र खैरो रंगले पोतिएको महानगर यातायातको मिनिबसमा यात्रा गर्दा हरेक स्टेशनमा सुन्न सक्नुहुनेछ ।
 
मुख्य स्टेशन जस्तै कोटेश्वर ग्वार्को, एकान्तकुना लगायतमा ‘महानगर यातायातलाई सेवा गर्ने अवसर दिनुभएकोमा यहाँलाई धन्यवाद, फेरि पनि सेवागर्ने मौका दिनुहोला’ भन्ने वाक्य पनि थप गरिएको हुन्छ भने सम्बन्धित स्टेशनमा आईपुग्यौं र गाडी पूर्ण रूपमा नरोकिएसम्म ओर्लने र चढ्ने नगरौं भन्ने बाक्यांश हरेक स्टेशनमा सुन्न सक्नु हुनेछ ।
 
पुराना र बस्न समेत असहज हुनेखालका सवारीसाधनहरू रहेको बेलामा ३९ वटा मिनिबस सञ्चालन गरिरहेको प्रा. लि. ले आफ्ना हरेक मिनिबसमा ग्लोबल पोजिसन सिस्टम जडान गरेको छ । जसले गर्र्दा कुन गाडी कुन समयमा कुन ठाउँमा पुगेको छ भन्नेकुरा महानगर यातायातको कार्यालयबाटै थाहापाउन सक्ने र गाडीको गति, ट्राफिक जामको अवस्था लगायतको विषयमा पनि कार्यालयबाटै निगरानी गर्न सकिने अवस्था रहेको महानगर यातायातले जनाएको छ ।
 
यसरी रेल्वे सेवा जस्तै हरेक स्टेशनमा जानकारी मूलक शैलीमा भनिने प्रणाली ग्लोवल पोजिसन सिष्टमकै कारण आउँदै गरेको महानगरको गाडी कहाँ आर्ईपुगेको छ भनेर पनि यात्रुले महानगर यातायात एपबाट थाहा पाउन सक्नेछन् ।
 
यस्तो सेवा तपाई यदी रेल चठ्नु भएको छ भने हरेक स्टेशनमा तपाईले मीठो स्वर भएकी महिलाले आउँदै गरेको तथा त्यहाँबाट छुट्न लागेको रेलको जानकारी दिईरहेको सुन्न सक्नुहुनेछ । यो यात्रुको सेवाको लागि तथा यात्रुहरू नझुक्किउन् भन्नको लागि नै हो । त्यस्तै, झल्को दिने सेवा महानगर यातायात प्रा.लिद्वारा चक्रपथ परिक्रमा गर्नेगरी सञ्चालनमा आएको महानगर यातायातमा पनि जडान गरिएको छ ।
 
 उक्त सिस्टमले हरेक बस स्टेशनमा सम्बन्धित स्टेसनको बारेमा जानकारी गराउने गरिएको छ । यो सबै त्यही सिस्ष्टमको कारणले भएको महानगरपालिकाले जनाएको छ । महानगर यातायात सञ्चालनमा आएपछि चक्रपथ परिक्रमा गर्ने सवारी साधनहरूले लिनेगरेको मनपरी शुल्कमा समेत कमि आएको यात्रुहरूले बताउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ