arrow

पेस्तोल बोकेर हिड्ने सुनीलकुमार पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन ६ मंगलबार
Dhanusha-Police1.jpg

धनुषा । जनकपुरधामबाट नलकटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी धनुषाका अनुसार सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका वडा नम्बर ८ बसतपुर घर भएका अनुरुद राय यादवका २१ वर्षीय छोरा सुनीलकुमारलाई पेस्तोलसहित पक्राउ गरिएको हो ।

हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बजरंगचोकमा डेरा गरी बस्ने सुनिलले कटुवा पेस्तोल बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना पाएपछि सादा पोसाकमा खटिएको प्रहरीले आइतबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित जानकी मावि नजिकबाट पक्राउ गरिएको हो ।

सुनिललाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ