arrow

मौद्रिक नीतिले नसमेटेको अटो बजार : चार पाङ्ग्रे सवारीमा हुण्डाईको स्किम, हेल्थ वर्कर्सदेखि एक वर्षको ट्याक्ससम्म

logo
पीबी चन्द,
प्रकाशित २०७७ साउन ८ बिहिबार
hyundai-laxmi.jpg

काठमाडौं। कोरोना महामारी शुरु भएसँगै लगाइएको करिब ४ महिना लामो लकडाउन कारण थिलोथिलो बनेको अटो बजारले अबका दिनमा केहि राहत हुने अपेक्षा गरेको छ। सरकारको गत वर्ष नै सवारी साधन खरिद गर्दा ५० प्रतिशत अनिवार्य डाउनपेमेन्ट गर्नुपर्ने नीतिले खस्केको अटो बजार पछिल्लो समय कोरोनाका कारण उत्पन्न परिस्थितिले झनै मारमा परेको छ।

चार महिना लामो लकडाउन खुलेसँगै अबका दिनमा बाइक तथा कार विक्री हुने आशा पलाएको अटो व्यवसायी बताउँछन्। सार्वजनिक सवारीमार्फत हुने यातायात व्यवस्थित नहुँदा अबका दिनमा बढी भन्दा बढी मानिसले नीजि सवारीको प्रयोग गर्ने अपेक्षा व्यवसायीहरुको छ। कोरोनाको कारण सार्वजनिक सवारीको प्रयोगमा आँट नगरेका उपभोक्ताहरुको रोजाई आगामी दिनमा नीजि सवारी हुने देखाएको छ। यसको प्रत्यक्ष सकारात्मक प्रभाव नीजि सवारीको बिक्रीमा पर्ने अटो व्यवसायीको अपेक्षा छ।

लकडाउन खुलेसँगै मानिसहरुको नीजि सवारीमा आकर्षण बढ्ने केही संकेतहरु समेत देखिन थालेको अटो व्यवसायीहरुको भनाई छ। अटो बजार उकास्न राष्ट्र बैंकले मौद्रिक नीति मार्फत खासै भुमिका खेल्न नसके पनि उपभोक्ताहरुको आवश्यकताले अटो व्यवसायमा आशाका संकेतहरु देखिन थालेका छन्। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिले सवारी साधनको खरिदमा ५० प्रतिशत डाउनपेमेन्ट अनिवार्य र ५० प्रतिशत मात्रै कर्जा उपलब्ध गराउनु पर्ने गत वर्षकै नीतिलाई निरन्तरता दिएको छ। राष्ट्र बैंकको यस्तो नीतिले ग्राहकलाई सवारी खरिदका लागि सहज नहुने भएपछि गाडी विक्रेताहरुले आफैं विभिन्न स्किम तथा अफरहरु ल्याउन थालेका छन्।

हुन्डाई मोटर्सको नेपालस्थिति आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चार पाङ्ग्रे सवारीको खरिदमा विभिन्न स्किमहरु ल्याएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रुपेश भट्टले  चार पाङ्ग्रे सवारी खरिदका लागि विभिन्न स्किमहरु ल्याइएको बताए।

हेल्थ वर्कर्सलाई विशेष सुविधा 
इन्टरकन्टिनेन्टलले स्वास्थ्यकर्मीले ४ पाङ्ग्रे सवारी खरिद गर्न चाहेमा विशेष सुविधा प्रदान गर्ने जानकारी दिएको छ । हेल्थवर्कसले सवारी खरिद गर्न चाहेमा उनीहरुलाई २५ हजार रुपैयाँ बराबरको अतिरिक्त सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । ‘हेल्थ वर्कर्सहरुले खरिद गर्न चाहनुहुन्छ भने उहाँहरुले २५ हजार रुपैयाँ बराबरको सर्भिस पाउनु हुन्छ’ महाप्रबन्ध भट्टले भने, ‘जुन उहाँहरुले हाम्रो सर्भिस सेन्टरमा गएर पार्टसहरु, लुब्रिकेन्ट्सहरु लगायतमा प्रयोग गर्नु सक्नुहुन्छ ।’

कम्पनीका अनुसार लकडाउन खुलेपछि चार पाङ्ग्रे सवारी खरिदका लागि राम्रो प्रतिक्रियाहरु आइरहेका छन्। विस्तारै विस्तारै मान्छेहरुले इन्क्वाइरी बढाइरहेका छन्।

यसअघि नै निजी सवारी साधन खरिद गर्न चाहेर पनि होल्ड भएर बसेका ग्राहकहरु खरिदका लागि आइरहेका छन्। कोरोनाले निम्त्याएको परिस्थितिले नीजि सवारी खरिद गर्नुपर्छ भन्ने मनस्थिति बनाएकाहरुको चार पाङ्ग्रे सवारी खरिदमा आकर्षण देखिन्छ।

कम्पनीले चार पाङ्ग्रे सवारी साधनको खरिदमा मोडलवाइज स्किमहरु दिइरहेको छ। कम्पनीले क्यास डिस्काउन्ट, एक वर्षको इन्सुरेन्स र सबै गाडी मोडेलमा चालु आर्थिक वर्षको रोड ट्याक्स लगायतका स्मिकहरु दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ