सिंहदरबार घेराउ : ‘हामीले बाघ मार्ने तयारी गरेका थियौं तर लुरे बिरालो फेला पार्यौं’
आन्दोलन अर्को निर्णय नभए सम्म निन्तर चलाउने समिक्षा भो
प्रकाशित २०७३ जेठ २ आइतबार
6k
Shares
काठमाडौं । नाम नखोल्न भन्दै गृहमन्त्रालयका एक अधिकारीले प्रतिक्रिया दिए, ‘हामीले बाघ मार्ने तयारी गरेका थियौं । तर, लुरे बिरालो फेला पार्यौं ।’ प्रसंग मधेसी मोर्चासहितको संघीय गठबन्धनले पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार गरेको सिंह दरबार घेराउ । प्रदर्शनको प्रचारका आधारमा आफुहरुले तह–तहको तयारी गरेका थियौं, ती अधिकारीले भने, ‘तर, प्रदर्शनकारीको संख्याले पुष्टी भयो कि बाघ मार्ने खजानामा, बिरालो भेटियो ।’
आफुहरुले प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौंका विभिन्न स्थानमा २५ बढी प्रहरी खटाएको जानकारी दिए । प्रदर्शनलाई मध्यनजर गरेर सरकारले सिंह दरबार वरीपरी (निषेधित क्षेत्र) काँडेतार र पानीको फोहराको तयारी मात्र गरेन । पहिलो लहरमा जनपद प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी राखेको थियो । यस्तै, विभिन्न नाकामा र चोक चोकमा प्रहरी खटाएको थियो । ट्राफिकमा समेत निकै कडाई गरेको थियो । अनुसन्धानको जनशक्ति समेत खटियो । सरकारी अधिकारीहरुले प्रदर्शनकारीले अघिल्लो दिन चारैतिबाट घेर्ने निर्णय गरेको भएपनि संख्या कम भएका कारण दुईतिरमात्र सिमित भएको सुनाए ।
माइतीघर मण्डला र हनुमास्थानमा गठबन्धनका नेता कार्यकर्ताले धर्ना दिए । अधिकारीहरुले मण्डलामा ५ सय र हनुमान थानमा साढे ४ सय गरी एक हजारको हाराहारीमा प्रदर्शनकाकारी रहेको सुनाए । जसलाई आधार मान्दा १ प्रदर्शनकारी बराबर सरकारले २.५ प्रहरी खटाएको देखिन्छ । गठबन्धनमा संयोजक को हुने भन्ने विषयमा आन्तरिक विवाद भएपछि पनि उपस्थिति न्यून भएको हुन सक्ने मधेसका जानकारहरु बताउँछन् ।
यद्यपि, संख्या कम भएको भन्ने तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्रलाल मान्न तयार छैनन् । उनले भने, ‘विभिन्न अवरोधले गर्दा जिल्लाबाट आउने मान्छेहरु आउन पाएनन्, संख्या केही कम भएकै हो तर, हनुमानस्थानमा १५ सय र मण्डलामा ७ देखि ८ हजारको उपस्थिति थियो भन्ने छ, म हनुमानस्थानमा थिए ।’
आन्दोलन अर्को निर्णय नभए सम्म निन्तर चलाउने समिक्षा भो
उपाध्यक्ष लालले साँझ संघीय गठबन्धनको कार्यालयमा भएको समीक्षामा भएको निर्णबारे जानकारी दिँदै भने, ‘अर्को निर्णय नभएसम्मका लागि नियमित घेराउकै कार्यक्रममा जाने भन्ने निर्णय भयो, सोमबार साँझ हुने छलफलमा अब के गर्ने भन्ने विषयमा निर्णय हुन्छ, अर्को कुरा राज्यले कसरी हेर्छ भन्ने कुरामा पनि आन्दोलनको स्वरुप निर्भर हुन्छ ।’ उनका अनुसार सिंहदबार घेराउ सोमबार र मंगबार जारी रहने छ । यसअघि, गठबन्धनले जेठ २ सम्मका लागि मात्रै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
आन्दोलनको नेतृत्वमा फाइट किन ?
विस्तारमा लालले भने, ‘फाइट भएको भन्ने कुरा हैन । राजेन्द्र महतो र उहाँको पार्टी माइतीघर बस्ने निर्णय भएको थियो । तर, रातारात के भयो, उहाँ हनुमास्थान आएर बस्नु भो । मण्डलामा उपेन्द्र यादव लगायत जनजाती, थारु नेताहरु बसे । हनुमान थानमा राजेन्द्र महतो, तमलोपाका साथीहरु, महेन्द्र राय यादव, शरतसिंह भण्डारी लगात थियौं ।’ केही मिडियाले हनुमानस्थानमा राजेन्द्रले नेतृत्व गरे मण्डलामा उपेन्द्रले गरे भन्ने आयो । त्यसो होइन ।
अनि मातृका यादव तपाईहरुतिर र गोपाल किराती उपेन्द्र तिरै बस्नुको अर्थ के ?
उनले भने, ‘मातृका यादवले आन्दोलनमा समर्थन गरेर आउनु भो, हामी तिरै बस्नु भो, उहाँले मधेसतिर बढी झुकाब राखेकैले आउनु भएको होइन, समग्र आन्दोलनलाई समर्थन गरेको हो समेत उहाँले हामीसंग भन्नु भा छ ।’ मातृकाले मधेसको एजेण्डालाई अझ नजिकबाट हेरेको बताएको भने उपाध्यक्ष लालले स्वीकारे । गोपाल किरातीको पार्टी सरकारमा भएपनि उनी आन्दोलनमा देखिए ।
उनी संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव भएकैतिर बसे । यद्यपि, लालका अनुसार मधेसी र सखानहरु हुनुमास्थानतिर बसेका थिए भने, जनजातीहरु मण्डलातिर बसेका थिए । सिंहदरबार घेराउको पहिलो दिन शान्तिपूर्ण र जनताको उल्लेख्य सहभागिता रहेको गठबन्धनले समीक्षा गरेको छ । यही बेला महन्थ ठाकुर भने दिल्ली पुगेका छन् ।