arrow

लकडाउनपछि दुई पाङ्ग्रे सवारी : ग्राहक अनुसारका आर्थिक स्किमदेखि फ्री एसेसरिजसम्म

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १२ सोमबार
vespa-nepal.jpg

काठमाडौं। कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन खुलेपछि दुई पाङ्ग्रे सवारी साधनको विक्रीमा अफरै अफरको होडबाजी चलेको छ। गत वर्ष देखि नै नेपाल राष्ट्र बैंकले निजी सवारी साधनको खरिदमा गरेको कडाईका कारण खस्किएको अटो बजार कोरोना नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनले झन खस्किएको थियो।

तर, कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्नुपर्ने र सार्वजनिक यातायातमा अझै पनि ढुक्क भएर चढ्ने अवस्था नबनिसकेको अवस्थामा निजी सवारी खरिदतर्फ ग्राहकको आकर्षण देखिएको अटो व्यवसायीहरु बताउँछन्। अहिले देखिएको आकर्षणले खस्किएको अटो बजार माथि उकास्नेमा आफुहरु आशावादी रहेको समेत अटो व्यवसायीको भनाई छ। खस्केको अटो बजार उकास्न तथा कोरोनाबाट बाँच्न समेत निजी सवारी साधन अपरिहार्य भएको भन्दै पछिल्लो समय दुई पाङ्ग्रे सवारी विक्रेताहरुबीच अफरहरुको होडबाजी चलेको छ।

भेष्पामा फ्री एसेसरिज
स्कुटरको दुनियाँमा नाम चलेको भेष्पा ब्राण्डको खरिदमा एसेसरिजहरु फ्री लगायतका योजना ल्याइएको कम्पनीले जनाएको छ। नेपालका लागि भेष्पाको आधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्सले भेष्पाको खरिदमा फ्री एसोसिरिजदेखि नगद छुट दिनेसम्मका योजना ल्याएको जनाएको हो।

भेष्पाकी ब्राण्ड म्यानेजर करुणा पुडासैनीले भेष्पा स्कुटरको नगद खरिदमा ५ हजार रुपैयाँ छुटदेखि फ्री एसेसरिजसम्म रहेको जानकारी दिइन्। ‘शुन्य प्रतिशत ब्याजदरको फाइनान्सिङ स्किम सुरु गरेका छौं। क्यास खरिद गर्न चाहनेहरुका लागि ५ हजार रुपैयाँ क्यास डिस्काउन्ट पनि छ’ उनले भनिन्, ‘एसेसरिजहरु फ्रि दिएका छौं।

एसेसरिजहरुमा हेल्मेट, फुटम्याट, कभर आदि छन्।’त्यस्तै भेष्पाले कोभिडबाट जोगिनका लागि भन्दै सेफ्टी इक्वीपमेन्ट पनि उपलव्ध गराएको छ। सो अन्तर्गत मास्क, ग्लोब्स, एन ९५ मास्क पनि स्कुटरको खरिदमा दिइने छ।

पछिल्लो समय लकडाउन खुलेसँगै बजारमा दुई पाङ्ग्रे सवारीको विक्री बढेको व्यवसायीहरु बताउँछन्। भेष्पाले राम्रो बजार लिइरहेको पुडासैनीले बताइन्। ‘लकडाउनपछिको प्रतिक्रिया बुझ्दाखेरी अलिकति ग्रो भइरहेको छ’ उनले भनिन्, ‘लकडाउनमा हामीले विक्री गर्न पाएनौं, अहिले अलिकति सस्टेनेबल हुने चान्सेजहरु छ। टु ह्वीलरमा सेल्सहरु ठिकै भइरहेको छ।’

पछिल्लो समय कोभिडबाट जोगिनका लागि भन्दै सरकारले गरेको लकडाउनका कारण कतिपयले जागिर गुमाउनु परेको परिस्थितिलाई मध्येनजर गर्दै आर्थिक स्किमहरु ल्याइएका पुडासैनीको भनाई छ। यी बाहेक टिभिएस, होण्डा, यामाहा लगायतका ब्राण्डले पनि पछिल्लो समय दुई पाङ्ग्रेमा देखिएको ग्राहकको आकर्षणलाई मध्येनजर गर्दै विभिन्न स्किमहरु सार्वजनिक गरेका छन्।

ग्राहक हेरेर बजाजको अफर
बजाज मोटरसाइलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनी (एचएच)ले बजाज मोटरसाइकलको विक्रीमा ग्राहक अनुसारको आर्थिक योजना ल्याएको जनाएको छ। बजाजको विक्रीमा ग्राहकको छनौट अनुसार २० प्रतिशत डाउनपेमेन्ट, ५० प्रतिशत डाउनपेमेन्ट र १२ हजार रुपैयाँ नगद छुट दिइने अफर दिइएको छ।

५० प्रतिशत डाउनपेमेन्ट गरेर बाइक खरिद गरेमा ब्याजदर नलाग्ने कम्पनीले जनाएको छ। कोभिड–१९ को अग्रपंक्तिमा रहेका योद्धाको योगदान हेरेर विशेष छुट दिइने कम्पनीले आधिकारिक वेवसइटमार्फत सार्वजनिक गरेको छ। एचएच कम्पनीले केटीएम बाइकको विक्रीमा पनि विभिन्न अफरहरु ल्याएको जनाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ