बिना मास्क हिँड्नेलाई ठाउँको ठाउँ कार्वाही, ३३० जना परे फन्दामा
प्रकाशित २०७७ साउन १८ आइतबार
636
Shares
दमौली । मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा रु ३३ हजार राजश्व सङ्कलन भएको छ ।
प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० लाई कारवाही गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
“जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उनले भने, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौं ।”
उनका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरस बारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।