बाजुरा। नेपाली काँग्रेस बाजुरा गाउँले संविधानको शिक्षा र संविधान कार्यान्वयनका प्रक्रियाका बारेमा गाउँ जागरण अभियातन पछि काँग्रेस गाउँबाट जिल्ला फर्किएको छ। जिल्लाका २४ गाविस र १ नगरपालिकामा जनताका समस्या गाउमा हुने गरेका योजनाहरुको अध्ययन अवलोकन गर्नका लागि जनतासंगको गएको काँग्रेसले जनाएको छ।
नेपाली काँग्रेस बाजुराले जिल्लाका सबै गाविसमा आ-आफ्ना कार्यकर्ताहरुलाइ परिचालन गर्दै त्यहाँको अवस्थाका बारेमा जानकारी जिल्ला विकास समिति बाजुरा र प्रत्येक गाउ विकास समितिले दिएको योजनाहरुको अवस्था र तिनीहरुको दिगोपनाको अनुगमन गर्नका लागि गाउँमा गएको काँग्रेस जिल्ला सभापति कविराज पण्डितले बताएका छन्।
काँग्रेसले आफ्नो ३ स को नितीलाइ अवलम्वन गर्दै गाउमा गएर संगठन सुदृढीकरण, संस्थागत विकास र जन सहभागिताको नीति लिएर काँग्रेस गाउ अभियानमा गएको हो। संविधानलाइ स्थायित्व दिनका लागि र संविधानले दिएका जनताका मौलिक हकका विषयमा जानकारी गराउनका लािग काँग्रेस गाउ गएको पार्टी सचिव दिपक शाहले बताएका छन्।
पार्टीको छैटौ जिल्ला अधिवेशनपछि पहिलो बैठकबाट यस्तो निर्णय गर्दै काँग्रेसले गाउँ अभियान सुरु गरेको हो। गाउँमा संचालन हुने योजना र दिगोपना र प्रभावकारी बनाउनका लागि र ६ महिना भित्र हुने स्थानिय चुनावको प्रचार प्रसार गर्नका लागि गाउँ अभियान सुरु गरेको पाटीले जनाएको छ।
सरकारले ६ महिना पटि स्थानिय निकायको चुनाव गर्ने भनिएकोले चुनावको लागि कार्यबर्ताइ सचेतना गर्दै जिल्ला फर्किएको काँग्रेसले जनाएको छ। काँग्रेसले ३ स को निती लिएर गाउँ गाउँमा अभियान सञ्चालन गरेको हो । तिन स को कार्यनीति सहीत काँग्रेस अब गाउँ गाउँमा काँग्रेस अभियान लिएर जनताको घर दैलोमा पुग्ने भएको हो।
अभियानले तीन ‘स’ को कार्य नीतिमा संस्थागत विकास, सुशासन र समृद्धीलाई महत्वमा राखिएको छ । अभियान अन्तरगत प्रत्येक गाउँ बस्ती र टोलमा पुगेर जनतासँग साक्षात्कार तथा गुनासा सुन्न गाउँ जाने काँग्रेसले जनाएको छ।
त्यसका लागि प्रत्येक नेता तथा अगुवा कार्यकर्तालाई परिचालन गरिएको थियो । पार्टी सभापतिले आफ्नो जिम्मेवारी बिच्छ्या गाविसको लिएका थिए । दुर्गमका गुनासा सुन्न म आफै खटिने छु, जनतासँग साक्षात्कार गरेको । नेविसंघ जिल्ला उपाध्यक्ष जनक थापाले जानकारी दिए ।
गाउँमा विकास निर्माणको अवस्था, पार्टीले खेल्नु पर्ने भूमिका, काँग्रेससँग जनताको अपेक्षा तथा पार्टी संगठन निर्माणमा अभियान केन्द्रीत रहेको थियो ।
लामो समयसम्म जनतासँग काँग्रेसको ग्याप देखिएको र गाउँको विकास निर्माणको अवस्था अध्यन तथा अनुगमन गर्न गाउँ केन्द्रीत हुने बैठकले निर्णय गरेपछि काँग्रेस अगुवा नेताहरु गाउँ गएका थिए । पार्टी सभापति कविराज पण्डितले काँग्रेस अब तीन स को नीति अनुरुप अघि बढेको बताए ।
काँग्रेसको अगुवाईमा संविधान कार्यान्वयन हुनु संभव देखिएकोले देशको नेतृत्व समेत काँग्रेसले लिनु पर्ने पण्डितले संकेत गरेका थिए । काँग्रेस विना लोकतन्त्र बलियो नहुने भएकोले त्यसको अगुवाई काँग्रेसले गर्ने पर्ने तर सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने उनले बताए ।
जिल्लाका उत्तरी भेगमा पर्ने विच्छ्या र रुगिन गाविसमा भने खडेरीका कारणले अन्न बाली नलगाएकाले त्यहाका जनतालाइ खाद्यन्नको आवश्यक रहेको बताए ।
जिल्लामा खडेरीका कारणले गर्दा अन्न बाली उत्पादन कम भएको जनाएको छ । विकट गाविसहरमा अहिले खाद्य आवश्यक रहेको काँग्रेसले जनाएको छ । विच्छ्या र रुगिन गाविसमा खडेरीले भोकमरी आउने संभावना,आवतजावत गर्नका लागि खोला नदीहरुमा बनेका पुलहरु जिर्ण बन्दै गएको, जिल्ला शिक्षा कार्यालले दिएका भवनहरुको समान ढुवनानीमा गर्न समस्या, खानेपानीको समस्या,गैर सरकारी संस्थाहरुको मनोमानी , जिल्ला विकास समिति र गाउ विकास समितिले दिएका योजनाहरु छनौट भएपनि कागजी रुपमा समापन भएको लगायतका समस्या रहेका छन् ।
काँग्रेसको जिल्लाव्यापी अभियानमा आएा समस्याहरुलाइ विषयगत कार्यालयसंग समन्वय गरी उनीहरुको अवस्थाका बारेमा जानकारी गराउने काँग्रेसले जनाएको छ । जिल्लाको प्रमुख समस्या भनेको नै खडेरी भएकाले यसलाइ राहतको व्यवस्था गर्न पहल गर्ने काँग्रेसले जनाएको छ ।