arrow

साना व्यापारी बने पेट्रोल डिपो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
914115916.jpeg
यादव आचार्य, बर्दिया । भारतले नेपालमा गरेको अघोषित नाकावन्दी उग्र वन्दै गैरहेको छ । लामो समय देखिको नाकावन्दीले नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव चुलिँदै गएपछि अन्तर्राष्ट्रिय मुल्य, मान्यता र कानून विपरित नेपाल—भारत सीमा क्षेत्रका दुवै तर्फ बजारहरुमा खुलेआम कालोवजारी बढेसँगै नाकाबन्दी अझै उग्र बनेको हो ।

नेपालमा पेट्रोलियम पदार्थको अभाव भएपछि भारतका सीमावर्ती बजारहरुमा ग्यास लगायत पेट्रोलियम पदार्थको व्यापार फस्टाएको छ । नाकाबन्दीको कडा मार खेपिरहेका नेपालीहरु भारतीय सीमावर्ती बजारमा चर्को मुल्यमा पेट्रोलियम पदार्थ खरिद गर्न बाध्य वनेका छन् । यतिखेर भारत सरकार र नेपाल सरकार दुवै देशले खुलेआम भैरहेको कालावजारी रोक्न सकेका छैनन् ।

नेपालमा तराईका विभिन्न सडक छेउ, किराना पसल, पान पसल हरुमा खुलेआम वढी मुल्यमा पेट्रोल विक्री गरिन्छ । नाकाबन्दीको अवस्थामा सरकारले नत आपूर्ति गर्न सकेको छ नत कुनै विकल्प दिन सकेको भन्दै स्थानियहरु आक्रोषित बनेका छन् । बर्दियामा पनि यतिखेर धेरैजसो साना व्यापारीहरु पेट्रोल विक्री गर्ने डिपो वनेका छन् ।

महिनौ पछि बर्दियामा ३ हजार ९ सय ५ केजी खाना पकाउने ग्यास भित्रिएको छ । लाईनमा वस्दा समेत उपभोक्ताले ग्यास पाएका छैनन् । ५ सय ५० वटा आधा ग्यास भरिएको सिलिण्डर मात्र बर्दियामा आएपछि झन तनाव थपिएको छ । अधिकांस उपभोक्ताहरु ग्यास नपाएकोमा चिन्तित छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ