arrow

नयाँ शक्तिबाट सामूहिक पेरिसडाँडा फिर्ती, फर्किनेमा दाहालकै जिल्लाका बढी (सूचीसहित)

ईश्वर पौडेल हाम्रो केन्द्रिय परिषद् सदस्य होइनन् : प्रवक्ता देवकोटा

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
peris dada.jpg.jpeg

काठमाडौं । माओवादी विचारधाराका केही व्यक्ति वा समूह एमाओवादीमा फर्किने क्रम जारी छ । एकताको पूर्व सन्ध्यामा वुधबार मात्रै नयाँ शक्ति नेपालसंग आवद्ध केही व्यक्तिहरु एमाओवादीमा फर्किने निधो गर्दै बाहिरिएका छन् । यद्यपि, एमाओवादीबाट बाहिरिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति छोड्ने समूहका संयोजक भनिएका ईश्वर पौडेल आफ्नो केन्द्रीय परिषद् सदस्य नरहेको नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले हाम्राकुरालाई बताए ।

बाहिरिनेहरुले बनाएको १८ जनाको सूचीमा पौडेल संयोजक र चितवनबाट नयाँ शक्तिको केन्द्रीय परिषद् सदस्य रहेको भन्ने उल्लेख छ । नयाँ शक्ति छोड्नेमा अधिकांश एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फेरि पुरानै पार्टीमा फर्किएका रामबहादुर थापाकै गृहजिल्ला चितवनकै बढी छन् ।

हाम्राकुराले नामावली सुनाएपछि पवक्ता देवकोटाले एक पटक चेक गर्नु पर्छ भने । उनले पछि सो सूचीमा रहेका मध्ये कोही पनि केन्द्रीय परिषद् सदस्य नरहेको जानकारी गराए ।  ईश्वर पौडेल केन्द्रीय परिषद् सदस्य रहेको रेकर्डमा छैन, देवकोटाले भने, ‘अन्यको हकमा नयाँ शक्तिमा आस्था राख्नु भो, फेरि नयाँ शक्ति मन परेन छोड्नु भो, यो सामान्य प्रक्रिया हो ।

यस्तै, व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले को संगठनमा बस्ने नवस्ने भन्ने आफ्नो इच्छाको विषय हो ।’ भोली फेरी कोही यता आउलान् यताका उता जालान् । देवकोटाले थपे, ‘जानेविरुद्ध नकारात्मक टिप्पणी गर्ने संस्कृतिको विकास हामीले गरेका छौं ।’ भोली एमाओवादीबाट पनि हामी कहाँ आउनेहरुको पनि समूह छ । मणि जीहरुबाट समेत हामी कहाँ आउने वाला छन् ।

यद्यपि, मणि थापाहरुले एमाओवादीमा फर्किन १३ बुँदेमा हस्ताक्षर गरीसकेका छन् । तर, उनलाई अब धेरै केन्द्रीय सदस्य नदिने भन्ने एमाओवादीको भित्र सल्लाह रहेको स्रोतले जनाएको छ । सोही कारण पनि थापाका केही व्यक्ति यता उता लाग्ने संकेत नयाँ शक्तिले पाएको हुनुपर्ने बताइन्छ ।

नयाँ शक्तिबाट बाहिरिएकाहरुले बाबुराको नयाँ शक्तिको औचित्य नभएको र माओवादी नै आजको प्रमुख आवश्यकता रहेको जिकिर गरिरहेका छन् । राजनीतिक विचार विनाको नयाँ शक्तिले कुनै पनि राजनीतिक अभिष्ट पूरा नगर्ने उनीहरुको भनाई छ ।
एमाओवादीमा एकतावद्ध हुन भन्दै फर्किएकाहरु सवै संसदवादीसंग अवसर लिने र धरातल एवं विचार नभएकाहरु रहेको टिप्पणी जनवादीहरुले गरिरहेका छन् । माओवादीमा आउने जाने क्रम नौलो नभएको धेरैको बुझाइ छ । यद्यपि, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफुहरु अति संवेदनशील अवस्थामा रहेको भन्दै एकताको विकल्प नभएको बताउँदै आएका छन् ।

दाहाललाई युद्धकालिन मुद्दा र पार्टीको अस्तित्व समाप्त हुने ठूलो डर छ । पुँजीपतिहरुले घेरेका दाहालले पार्टी पारिवारिक भयो भन्ने भेउ पाए वा उनको एक पटक शक्तिशाली बन्ने सपना मात्रै हो भन्ने औचित्य पुष्टी हुन धेरै समय कुर्नु नपर्ने माओवादीकै पूर्व नेताहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ