arrow

किसान संघद्वारा सडक संघर्षमा ओर्लने चेतावनी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान संघले पछिल्लो समय देखिएको आम किसानको समस्या र मुद्या प्रति वर्तमान सरकार उदासिन भएको भन्दै सडक संघर्षमा ओर्लने चेतावनी दिएको छ ।

भारतले लगाएको अघोषित नाकावन्दीका कारण मल, वीउ, इन्धन र यातायात साधनको अभावमा किसानले उत्पादन गरेका कृषि उपज बारीमै सुकाउनुपरेको अवस्थामा पनि वर्तमान सरकारले कुनै पनि विकल्प दिन नसकेको घोर भत्र्सना गर्दै संघले किसानको समस्या तत्कालै सम्बोधन नगरे सडक संघर्षमा उत्रने चेतावनी दिइएको हो । 

“तत्कालै किसानको समस्या समाधान नगरिए वर्तमान सरकारबिरुद्ध हामी संघर्षका कार्यक्रम लिएर सडकमा ओर्लन बाध्य हुनेछौं”, संघका सभापति भानु सिग्देलद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

बुधबार बिज्ञप्ती जारी गर्दै भुकम्पका कारण थला परेको किसान र कृषि क्षेत्र पछिल्लो समयमा अघोषित रुपमा लागेको नाकावन्दीका कारण यो क्षेत्र मृतजस्तै भइसकेको अवस्थामा पनि सरकारले कुनै विकल्प दिन नसकेको भन्दै संघले कडा शब्दमा बिरोध र भत्र्सना गरेको छ । 

उत्पादन भएका कृषि बस्तु बजार पु¥याउन नसकिएको, बाली लगाउन नसकिएको, कृषि उपज संकलन गर्न नसकिएको अवस्थामा पनि सरकार “रोम जल्दैछ, नीरे बासुरी बजाउदैं छ”, उखानजस्तै सुतेको अभिनय गरेको संघको ठहर छ । 

नाकावन्दीका कारण उत्पन्न भएको असर अत्यन्त भयावह हुने संकेत देखिएको उल्लेख गर्दै संघले वर्तमान सरकार त्यसको समाधानको उपाय खोज्नुको साटो किसानको घैर्यता र सहनशिलताबाट फाइदा उठाउदै साहित्यिक र भावनात्मक भाषण र अभिव्यक्ति दिएर आफ्नो जिम्मेबारी र किसानको दुःखद भविष्यप्रति गम्भिर नभएको आरोप लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ