arrow

के बन्ने भयो माओवादीहरुको नयाँ पार्टीको नाम

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
mawowadi-ekata.jpg-.jpg.jpeg
काठमाडौं । कुनै पनि पार्टी एकिकरण हुदा सवै भन्दा विवाद हुने विषय हुन् ¬— पदीय भागबण्डा, सिद्धान्त र पार्टीको नाम । यी विषयहरुमा लेनदेन मिल्यो भने मात्रै एकिकरण प्रक्रिया सहज तरिकाले अगाडी बढ्दछ । तर विभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुका विचमा चार वर्षपछि हुन लागेको एकिकरणमा यी सवै विषय अस्पष्ट नै छन् । तर पनि एकताको घोषणा गरिदैछ । कतिपयले यसलाई एक आपसमा जवरजस्त टाँसिएको भनेका छन् । 
 
पदको अस्पष्टता 
सवैलाई पद पुर्याउने गरी एकतापछि पनि बहुपदमा जाने निर्णय भएपनि कुन पदको जिम्मेवारी कस्ले पाउने भन्ने स्पष्ट भएको छैन । अध्यक्ष पुष्पकमल दाहाल नै हुने निश्चीत भएपनि अन्य नेताहरुको भने पद खतरामा परेको छ । एकिकरण हुनु अगाडी जुन जुन पदमा थियो, त्यही त्यही पद कामय रहने गरी जिम्मेवारी दिने संभावना रहेको एक नेताले बताएका छन् । यस्तो हुदा पदाधिकारीहरुको आकार नै निकै ठुलो हुने देखिएको छ भने उनीहरुले राजनितिक विभाग पनि ७५ सदस्यीय बनाउने तयारी गरेका छन् । जवकी नेपाली काँग्रेसको सिंगो कार्यसमिति पनि अहिले यति ठुलो छैन । काँग्रेसको केन्द्रीय कार्यसमिति अहिले ६७ सदस्यीय छ । बढीमा १७ जना मनोनयन गरेर ८४ सदस्यीय बनाउन सकिन्छ । 
 
एमाओवादीको केन्द्रीय कार्यसमिति त चार सय ९९ सदस्यीय बनाउने सहमति भएको छ । यसलाई उनीहरुले महाधिवेशन आयोजक समिति भनेका छन् । 
 
नेपालको राजनितिमा प्रमुख भुमीका खेलेका तिन पार्टीका सन्दर्भमा पार्टीको आकार र केन्द्रीय समितिको आकारको तालमेल नमिलेको देखिन्छ । तिन पार्टी मध्ये सवै भन्दा सानो पार्टी (एमाओवादी)को केन्द्रीय समितिको आकार सवै भन्दा ठुलो र सवै भन्दा ठुलो पार्टी (नेपाली काँग्रेस) को केन्द्रीय कार्यसमिति सवै भन्दा सानो छ । दोस्रो नम्वरमा रहेको नेकपा एमालेको आकार पनि दोस्रो ठुलो छ । अर्थात् एमालेको केन्द्रीय कार्यसमिति १ यस ६९ सदस्यीय रहेको छ । 
 
कार्यदिशाको अस्पष्टता 
अहिले एकिकरण भएर बन्न लागेको पार्टीको कार्यदिशामा अस्पष्टता छ भन्ने कुरा माओवादीका अग्रणी नेता मोहन बैद्यले भन्दै आएका छन् । यीनीहरुको बैचारिक तथा कार्यदिशाको अस्पष्टता कै कारण आफू एकिकरणमा सहभागी नभएको उनले स्पष्ट पार्दै आएका छन् । साथै माओवादीबाट टाढिएका अन्य नेता तथा पार्टीहरुले पनि उनीहरुको वैचारिक पक्षमै बढी शंका गर्ने गर्दछन् । त्यस कारणले यीनीहरुको कार्यदिशा र बैचारिक पक्षमा कही न कही अस्पष्टता छ भन्ने स्पष्ट हुन्छ । 
 
नामको अस्पष्टता 
पार्टी एकतापछिको नामका विषयमा नेताहरु अझै निर्णयमा पुगेका छैनन । उनीहरुले जनयुद्धकालिन नाम नै राख्न चाहेपनि नपाएकाले नामको निर्णय हुन नसकेको हो । एकता प्रक्रियामा मातृका यादवको ठोस धारणा नआएकाले उनी नेतृत्वको नेकपा (माओबादी) नाम राख्ने विषयमा निर्णय हुन सकेन । मंगलवारको वैठकमा तीन नामका विषयमा छलफल चलेको थियो । माओबादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओबादी केन्द्र र एकीकृत नेकपा माओबादीमध्ये कुन राख्ने भन्नेबारे छलफल छ । 
 
माथी उल्लेखित प्रमुख तिन अस्पष्टताका विच पनि माओवादीहरुले आज ठुलै होहल्लाका साथ एकताको घोषणा गर्दैछन् । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा अपराह्न ३ बजे एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ । आज एकता घोषणा भएपछि नयाँ विधान अनुसार आगामी ६ महिना भित्रमा अर्को महाधिवेशन गर्ने भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ