लमजुङ । लमजुङमा यात्रु बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–जिता र तान्द्राङटक्सारको सीमा तामाखानीमा यात्रुबहासक बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । १९ जना सवार रहेकामा ९ जना घाइते भएका छन् ।
दमौलीबाट जिताका लागि छुटेको ना ६ ख ४१३६ नम्बरको यात्रुवाहक बस साँझ ५ बजेतिर दुर्घटना भएको हो । सहचालकले गाडी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालक फरार रहेको दुर्घटनास्थलबाट प्रहरी सहायक निरीक्षक जीत बहादुर थापाले जानकारी दिए । बस सडकबाट ३ सय मिटर तल खसेको छ ।