arrow

लमजुङ बस दुर्घटना : मृतक ९ जना एकै ठाउँका, सबैको सनाखत (नामावलीसहित)

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
lamjung-durghatana.png.png
लमजुङ । लमजुङमा यात्रु बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैको सनाखत भएको छ । मध्यनेपाल नगरपालिका–जिता र तान्द्राङटक्सारको सीमा तामाखानीमा यात्रुबहासक बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । १९ जना सवार रहेकामा ९ जना घाइते भएका छन् । घाइते सबैको अवस्था नाजुक रहेको रहेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । 
 
दमौलीबाट जिताका लागि छुटेको ना ६ ख ४१३६ नम्बरको यात्रुवाहक बस साँझ ५ बजेतिर दुर्घटना भएको हो । सहचालकले गाडी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालक फरार रहेको दुर्घटनास्थलबाट प्रहरी सहायक निरीक्षक जीत बहादुर थापाले जानकारी दिए । बस सडकबाट ३ सय मिटर तल खसेको छ । दुर्घटना भएको स्थानमा बाटो कच्ची थियो । दुर्घटनामा अधिकांश वैशाख पूर्णिमा मनाउन गाउँ फर्केकाहरु छन् । 
 
मृतकहरु 
रमा गुरुङ 
रामकृष्ण गुरुङ 
चिनुमाया गुरुङ
राजिव गुरुङ
शेरबहादुर खवास
गणेश गुरुङ
मीना कुमारी गुरुङ
सविना खवास 
नारायण थापा
मृतक सबै मध्यनेपाल नगरपालिका १–जिताकोटका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ